प्रतिनिधि सम्मिलित टोली सिसियुएलबी अवलोकन भ्रमणका लागि बंगलादेश प्रस्थान


काठमाडौं । बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ सिसियुएलबीको विशेष निमन्त्रणामा बंगलादेश एक्सोपर भिजिट २०२२ सहभागिताका लागि नेफ्स्कून, सहकारी मन्त्रालय र विभागको प्रतिनिधि सम्मिलित टोलि बंगलादेश प्रस्थान गरेको थियो ।

उक्त भ्रमण टोलिमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्याय विभागका शाखा अधिकृत द्वय इश्वरप्रसाद आचार्य र शोभा घिमिरे, सहकारी मन्त्रालयका शाखा अधिकृत गोपी निरौला, सञ्चार संयोजक तुलसी माया सापकोटा र नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत नविनराज दाहाल रहनुभएको थियो ।

त्यसैगरी भ्रमण टोलिलाई नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल , बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेलले दुइदेश बीचको सद्भावपूर्ण अवलोकन भ्रमणका लागि विदाई तथा शुभकामना प्रदान गर्नुभएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून र बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ बीच सद्भाव भ्रमणहरु विगतदेखि हुँदै आएका थिए भने सो बचत तथा ऋण सहकारी अभियानबीचका अन्तर्राष्ट्रिय अनुभव आदानप्रदानले सहकारी प्रवर्धनमा थप टेवा पुग्ने र सिकाई अनुभवलाई दुई देशबीच आदान प्रदान गर्ने अवसर प्राप्त हुँदै आएको थियो ।

त्यसैगरी बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ र नेफ्स्कूनबीच १७ बर्षदेखि सद्भावपूर्ण अवलोकन भ्रमण कार्यक्रमले निरन्तरता पाउँदै आएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन