राधे–कृष्ण साकोसद्वारा मावन सेवा आश्रममा भोजन


काठमाडौं । राधे–कृष्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनस्थलीले संस्थाको स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा आश्रित सदस्यहरुलाई भोजन गराएको थियो । २०६५ सालमा स्थापना भएको साकोसले आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक बर्ष नियमित रुपमा सामाजिक सेवाका कार्यक्रम गर्दै आइरहेको छ ।

यस बर्ष पनि उक्त संस्थाले आफ्नो १५ औ स्थापना दिवसका अवसरमा रानीबनमा अवस्थित मानव सेवा आश्रममा आश्रय लिइरहेका १ सय ८० जनालाई एक छाक भोजन गराएको थियो भने सो साकोसका अध्यक्ष रामेश्वर शर्मा अर्यालको अध्यक्षतामा सोही दिन संस्थाको केन्द्रीय कार्यालय बनस्थलीमा स्थापना दिवस विशेष कार्यक्रम समेत आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा साकोसका पदाधिकारी, सञ्चालक समिति, लेखा समिति तथा अन्य उपसमितिका सदस्य र संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो । त्यसैगरी काठमाडौंको बालाजु क्षेत्रमा रहेर सदस्यहरुको सुख दुःखमा हातेमालो गर्दै आइरहेको राधे कृष्ण साकोसमा हाल १८ सय सदस्य आबद्ध रहेका छन् भने सो साकोसले गत आ.व. २०७८/७९ मा सदस्यहरु माझ सहज वित्तीय सेवा उपलब्ध गराउँदै रु १ करोड ६० लाख मुनाफा आर्जन गर्न समेत सफल भएको साकोसकी प्रशासकीय अधिकृत सबिता पन्तले जानकारी गराउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन