चितवनको नारायणी साकोस प्रोबेसन कार्यक्रममा आबद्ध


काठमाडौं । चितवनको भरतपुर महानगरपालिका ५, नारायणपुरमा सञ्चालित नारायणी बचत तथा ऋण सहकारी संस्था लि. प्रोबेसन कार्यक्रममा आबद्ध भएको थियो ।
उक्त प्रोबेसन कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको राष्ट्रिय स्तरको साकोसहरुको गुणस्तर सुनिश्चिता सम्बन्धी पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम हो ।

त्यसैगरी साकोस कार्यालयमा आयोजित कार्यक्रममा साकोसका अध्यक्ष केशवबहादुर पौडेल र नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत सुरज चालिसेले कार्यक्रम सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

उक्त कार्यक्रममा साकोसका उपाध्यक्ष पुष्पराज भट्ट, कोषाध्यक्ष विष्णुप्रसाद पंगाली, सह–सचिव हरीकृष्ण अधिकारी साथै समितिका सञ्चालक सदस्यहरु र व्यवस्थापक सुशिल पाण्डे उपस्थित हुनुभएको थियो । २०५४ साल चैत्र ३० गते स्थापना भएको नारायणी साकोसमा हाल १ हजार ९ सय ९४ जना सदस्य छन् भने साकोसको कुल पुँजी १४ करोड ५१ लाख ४२ हजार १४३ रुपैयाँ रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन