उदय साकोस कर्ब्स कार्यक्रममा आबद्ध


काठमाडौं । चितवनको कालिका नगरपालिका–७, क्लब चोकमा रहेको उदय बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आबद्ध भएको थियो । उक्त कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो । जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत चितवन जिल्ला बचत संघ चिस्कून र नेफ्स्कूनको संयुक्त कार्यक्रम मार्फत उदय साकोस कर्ब्समा आबद्ध भएको हो ।

उक्त साकोसको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच नेफ्स्कूनकी सञ्चालक सदस्य विद्या कोइराला, साकोसकी अध्यक्ष सपना राना र चितवन जिल्ला बचत संघका कार्यक्रम अधिकृत पुरुषोत्तम ढकालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो भने सो कार्यक्रममा साकोसका पदाधिकारीहरु, सञ्चालक सदस्यहरु, व्यवस्थापक र कर्मचारी उपस्थित हुनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन