पोखराको मझेरी साकोस कर्ब्स कार्यक्रममा आबद्ध
कास्की । पोखरा महानगरपालिका वडा नं–१४ मझेरीपाटनस्थित मझेरी बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आबद्ध भएको थियो । उक्त कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो ।
उक्त साकोसको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच मझेरी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष रामचन्द्र कुँवर र नेफ्स्कूनको तर्फबाट अनुगमन अधिकृत सुर्यप्रसाद तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रममा नेफ्स्कून पोखरा फिल्ड कार्यालयकी ईन्चार्ज यमकला सुवेदी, बरिष्ठ सहायक दिप्ती आचार्य र साकोसका कर्मचारीहरु उपस्थित हुनुभएको थियो भने १ हजार ३ सय २७ सेयर सदस्य रहेको उक्त संस्थाको कुल पुँजी २८ करोड ११ लाख रुपैंया रहेको छ ।