प्यूठानको विजय फूलबारी साकोस एक्सेस कार्यक्रममा आबद्ध


प्यूठान । विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि. प्यूठान एशियाली स्तरको एक्सेस कार्यक्रममा आबद्ध भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कून र एशियाली ऋण महासंघको समन्वयमा सञ्चालित एशियाली स्तरको सहकारी ब्राण्डि∙ गर्ने कार्यक्रम एक्सेसमा संस्था आवद्ध भएको हो ।

उक्त एक्सेस (A-One Competitive Choice for Excellence In service) कार्यक्रम सञ्चालनका लागि नेफ्स्कून र विजय फूलबारी साकोस बीच सोमबार दुई पक्षिय सम्झौता सम्पन्न भएको थियो । सम्झौतामा नेफ्स्कूनको तर्फवाट कार्यक्रम अधिकृत कोमलराज अधिकारी तथा सहकारी संस्थाको तर्फवाट अध्यक्ष भोजबहादुर बस्नेतले हस्ताक्षर गर्नुभएको थियो ।

उक्त  संस्थाका अध्यक्ष भोजबहादुर बस्नेतको अध्यक्षतामा भएको एक्सेस कार्यक्रम सम्झौता तथा अभिमुखीकरण कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा समिति तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारीले गर्नुभएको थियो भने उत्कृष्ट सेवा सुरक्षाको लागि सर्वोत्तम छनौट एक्सेस कार्यक्रममा आवद्ध हुनेले संस्थाको संस्थागत विकास, सदस्य सेवा तथा व्यवसायिकता विकासमा ठूलो मद्दत पुग्ने संस्थाका अध्यक्ष बस्नेतले विश्वास व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी राष्ट्रिय स्तरको प्रोवेसन कार्यक्रममा आवद्ध भई लगातार दुई पटक सफलताको ब्राण्ड प्राप्त गरेको फूलबारी बचत तथा ऋण सहकारी संस्था र बिजयलक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्था लि. एकीकरण भई विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि.को नामबाट गत महिना देखि संयुक्त कारोवार सञ्चालन भएको थियो भने संस्थामा हाल ४ हजार ९ सय शेयर सदस्य तथा २१ करोड कुल पुँजी रहेको संस्थाले जनाएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन