प्रभात दिदीबहिनीद्वारा सदस्यलाई फूलखेती तालिम


काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१२ स्थित प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्यहरुलाई एक दिवसीय फूल खेती तालिम प्रदान गरेको थियो । यस बर्षका नजिकिदा चाडबाडलाई लक्षित गरी फूलमा आत्मनिर्भर बन्ने उद्देश्य सहित सदस्यहरुलाई व्यावसायिक फूलखेति तालिम प्रदान गरिएको संस्थाले जनाएको थियो ।

उक्त साकोसकी अध्यक्ष बिमला न्यौपाने ज्ञवालीको अध्यक्षतामा सुरु गरेको तालिमको सहजीकरण रामपुर कृषि क्याम्पसका अजय डि.सि ले गर्नुभएको थियो भने सो तालिममा साकोसका सञ्चालक समितिका सदस्य सहित २५ जना शेयर सदस्यहरुको सहभागिता रहेका थियो ।

 

त्यसैगरी तालिममा सयपत्री बिरुवा उत्पादन, फूल रोप्ने तरीका, जमिन तयार गर्ने, फूल कलमी गर्ने, फूलमा लाग्ने रोगको उपचार विधिका साथै फूल उत्पादन सम्मको प्रक्रिया बारे प्रशिक्षक अजय डि.सि. ले प्रशिक्षण दिनुभएको थियो भने व्यवसायको रुपमा फूल खेती गरी आर्थिक आय उपार्जनको लागि टेवा पुग्ने उद्देश्य तालिमको रहेको अध्यक्ष न्यौपानेले जानकारी गराउनुभएको थियो ।

उक्त साकोसकी सचिव साधना श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कार्यक्रममा फूल खेती गर्ने सदस्यको तर्फबाट संगम महिला कृषि समुहका अध्यक्ष एंव सेवा केन्द्र संयोजक शोभा पाण्डे, फूल व्यवसायी रेखा आचार्य, सिता सुबेदी र शकुन्तला पन्तले व्यवसायिक फूल खेतिको महत्वमाथि प्रष्ट्याउनुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन