उद्यमशिलता विकासमा टेवा पुर्याउन सहकारीका सदस्यहरूलाई तालिम
काठमाडौं । सिद्धेश्वर महिला साकोस, भक्तपुरको संयोजकत्वमा आइएलओ अघि बढौं उद्यमशिलता विकास तालिम भक्तपुरको राधेराधेमा सुरु भएको थियो । उक्त तालिम राष्ट्रिय सहकारी महासंघको आयोजना, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको प्राविधिक सहयोग तथा समन्वय र अन्तराष्ट्रिय श्रम संगठन आइएलओको सहयोगमा सुरु भएको हो ।
उक्त तालिमको शुभारम्भ राष्ट्रिय सहकारी महासंघका नायव महाप्रवन्धक बाबुल खनालले गर्नुभएको थियो । त्यसैगरी तालिममा विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट गरी १४ जना महिला सदस्यहरु उपस्थित हुनुभएको थियो भने तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र शान्ती अधिकारीले गर्नुभएको थियो ।
उक्त तालिम शुभारम्भ कार्यक्रममा सिद्धेश्वर महिला साकोसकी अध्यक्ष मञ्जु काफ्ले र नेफ्स्कून भक्तपुर फिल्ड कार्यालयका ईन्चार्ज पेशल खड्काको समेत उपस्थिति रहेको थियो भने सो तालिमले महिलाहरुमा उद्यमशिलता विकासमा सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।