अग्रभागमा कार्यरत सहकारी कर्मचारीहरुका लागि क्षमता विकास तालिम प्रदान


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको तालिम तथा स्रोत विभागको आयोजनामा सहकारीको अग्रभागमा कार्यरत कर्मचारीहरुका लागि दुई दिवसीय तालिम प्रदान गरिएको थियो । काठमाडौंको चाबहिलमा सञ्चालित तालिममा १८ वटा बचत तथा ऋण सहकारी संस्थाका २४ जना कर्मचारी सहभागी हुनुभएको थियो ।

त्यसैगरी नेफ्स्कूनका सञ्चालक सदस्य एवम् चाबहिल फिल्ड व्यवस्थापन उपसमिति संयोजक न्हुच्छेनाराणण श्रेष्ठको अध्यक्षतामा तालिमको समापन भएको थियो । उक्त तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रबिन्द्र श्रेष्ठले गर्नुभएको थियो भने व्यवस्थापन सहजीकरण नेफ्स्कून चाबहिल फिल्ड कार्यालयका ईन्चार्ज राधा पोख्रेलले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन