सहकारीका असल अभ्यास सिक्न काठमाडौंका सहकारीद्वारा अवलोकन भ्रमण


काठमाडौं । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्स अन्तर्गत काठमाडौं चौथो समूहमा आबद्ध बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुद्वारा काभ्रेको बनेपामा सञ्चालित दुई नमूना सहकारीहरुले अवलोकन भ्रमण गरेका थिए ।

कालिमाटीको जन धन साकोस, बनस्थलीको नरपानी देवनगर साकोस, कपनको सप्तदेव साकोस, भद्रबासको हजुरको त्रिवेणी साकोस, भद्रबासकै जनशक्ति कृषि साकोस, चाबहिलको सिन्धुसागर साकोस, पासागुवाहाली पुच साकोस र कलंकीको कन्कालीमाई साकोसका पदाधिकारी र व्यवस्थापकहरु सम्मिलित टोलिले काभ्रेको पनौतिमा रहेका सामूदायिक साकोस र चण्डेश्वरी साकोसको अवलोकन भ्रमण गरेका हुन् । अवलोकन भ्रमणले समुदायमा सञ्चालित सहकारीहरुले गरेका असल अभ्यास र उत्कृष्ट सहकारी मोडलहरुको बारेमा जानकारी प्राप्त हुने विश्वास भ्रमण टोलिको रहेको थियो ।

त्यसैगरी अवलोकन भ्रमण टोलिलाई सामुदायिक साकोसका सञ्चालक सदस्य तथा शिक्षा समिती संयोजक मुकुन्द अर्यालले स्वागत गर्दै संस्थाको संक्षिप्त परिचय गराउनुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाका गतिविधि तथा असल अभ्यासका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त चण्डेश्वरी साकोसका प्रमुख कार्यकारी अधिकृत झलेन्द्र दाहालले भ्रमण समूहलाई संस्थामा स्वागत गर्दै संस्थाका गतिविधि, स्तरीकरण कार्यक्रमका संस्थागत अभ्यास र साकोसको जोखिम न्यूनीकरणका उपायहरु सम्बन्धमा प्रस्तुतीकरण सहित अन्तरक्रिया कार्यक्रम समेत गर्नुभएको थियो ।

सो अवलोकन भ्रमण सहजीकरण नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोविता मैनाली, कास्कूनका कार्यक्रम अधिकृत नवराज सुवेदी र नेफ्स्कून बनेपा फिल्ड कार्यालयका ईन्चार्ज राम सापकोटाले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन