फिक्कल गाउँपालिकामा सञ्चालित सहकारीहरुका लागि आधारभूत लेखा तालिम सञ्चालन


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको आयोजनामा सिन्धुलीको फिक्कल गाउँपालिका खाङ्साङ्मा सहकारीहरुका लागि आधारभूत लेखा तालिम सञ्चालन गरिएको थियो ।

नेफ्स्कून र स्थानीय तहबीचको संयुक्त साझेदारीमा सञ्चालित आधारशिला कार्यक्रम अन्तर्गत तीन दिवसीय तालिमको आयोजना गरिएको थियो । उक्त तालिममा गाउँपालिकाका विभिन्न प्रकृतिका २३ सहकारीबाट सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइराला र कार्यक्रम अधिकृत रिता सुवेदीले गर्नुभएको थियो भने तालिम समापन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवहरी दाहाल, सहकारी सञ्जालका अध्यक्ष रामप्रसाद भण्डारीको विशेष उपस्थिति रहेको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन