मार्गदर्शन साकोसको संस्थागत विकास तालिम पोखरामा सम्पन्न


काठमाडौं । चितवनको भरतपुर महानगरपालिका १६ स्थित मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लि. को संस्थागत विकास तालिम पोखरामा सम्पन्न भएको थियो ।  उक्त साकोसका अध्यक्ष कमलबहादुर थापाको अध्यक्षतामा सुरु भएको तालिममा साकोसका सञ्चालक समितिका पदाधिकारी, सञ्चालक सदस्यहरु, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरु र कर्मचारीको सहभागिता रहको थियो ।

त्यसैगरी सो तालिम नेफ्स्कूनका वरिष्ठ अधिकृत भरतप्रसाद न्यौपाने तथा अनुगमन अधिकृत सुर्यप्रसाद  तिमिल्सिनाले सहजीकरण गर्नुभएको थियो भने साकोसका सचिव गनबहादुर श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

उक्त तालिम समापनका अवसरमा बोल्दै साकोसका उपाध्यक्ष डोलबहादुर गुरुङले संस्थागत विकास तालिम उपलब्धिमुलक रहेको र तालिमबाट प्राप्त ज्ञान सिकाई संस्थागत विकासका लागि व्यवहारोपयोगी रहने बताउनुभएको थियो भने कोषाध्यक्ष गीता न्योपानेले तालिमले दिगो संस्था विकासका लागि दिशा निर्देसन गरेको बताउनुभएको थियो ।

त्यसैगरी प्रमुख कार्यकारी अधिकृत दिपक गौतमले तालिमबाट प्राप्त ज्ञान सीप साकोसमा तत्काल कार्यान्वयनमा ल्याउन उत्सुक रहेको बताउनुभएको थियो । नेफ्स्कूनद्वारा सञ्चालित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसनम आबद्ध मार्गदर्शन साकोसमा हाल सेयर सदस्य र बालकर्ता सहित ६ हजार जना सहभागी छन् भने साकोसको कुल वासलात ५२ करोड ७६ लाख रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन