शिखर साकोसका सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न


सुर्खेत । शिखर बचत तथा ऋण सहकारी संस्था लि. भेरीगंगा–११, रामघाट ले ५ दिने साकोस सञ्चालकहरुको क्षमता अभिवृद्वि (CUDCC) तालिम सम्पन्न गरेको थियो । साकोसका अध्यक्ष भुपेन्द्रबहादुर सिंहको अध्यक्षतामा सुरु तालिमको उद्घाटन साकोसका निवर्तमान अध्यक्ष खड्गबहादुर चन्दले गर्नुभएको थियो ।

त्यसैगरी शिखर साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित तालिमको सहजीकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेशप्रसाद तिमिल्सिना र कार्यक्रम अधिकृत मनोज खड्काले गर्नुभएको थियो ।

उक्त तालिममा सञ्चालक समितिको तर्फबाट सात जना, निवर्तमान अध्यक्ष, लेखा सुपरिवेक्षण समितिका १ जना, सेवा केन्द्र उप–समितिका २ जना, जिल्ला सहकारी संघका प्रतिनिधि १ जना, सेयर सदस्य ३ जना र कर्मचारी २ जना गरी जम्मा १७ जनाको सहभागिता रहेको थियो ।

सहकारी संस्था सञ्चालनमा सञ्चालकहरुको भूमिका, जिम्मेवारी र प्रभावकारिता, साकोसमा वस्तु तथा सेवाहरुको विकास र बजारीकरण, सदस्यहरुको आवश्यकता, वित्तीय बजारमा साकोसले ओगटेको क्षेत्र, साकोसमा वित्तीय व्यवस्थापन र पर्ल्स विश्लेषण, ब्यावस्थापक र सञ्चालकहरुको आपसी सहकार्य, ऋण लगानी तथा असुलीमा सञ्चालकहरुको भूमिका, भाखा नाघेको ऋण व्यवस्थापन, रणनितिक योजना, सिकाई व्यवस्थापनका लागि कार्ययोजना, मानव संशाधन व्यवस्थापन, साकोस सुशासन, सहकारीमा हुन सक्ने श्रोतको दुरुपयोग र निराकरणका उपायहरु तथा सहकारी ऐन, नियम–कानुनका विषयमा विस्तृत रुपमा छलफल गरिएको थियो ।

सो कार्यक्रमको अन्तिम दिन प्रतिवेदन र मुल्यांकन पेश भए पश्चात समापन समारोहका प्रमुख अतिथि नेफ्सकूनका महासचिव दामोदर अधिकारीद्वारा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण तथा मन्तव्य र संस्थाका अध्यक्षद्वारा आफ्ना भनाईहरु राख्दै कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन