नेफ्स्कूनद्वारा बनेपामा कोपोमिस तालिम सञ्चालन


काठमाडौं । काभ्रे र सिन्धुपाल्चोकमा सञ्चालित साकोसहरुका लागि नेफ्स्कून फिल्ड कार्यालय बनेपाको आयोजनामा कोपोमिस तालिम प्रदान गरिएको थियो । तालिममा दुई जिल्लाका गरि ४० बचत तथा ऋण सहकारी संस्थाबाट ४५ जनाको सहभागिता रहेको थियो । उक्त तालिम सहजीकरण नेफ्स्कूनका सूचना प्रविधि अधिकृत प्रविण अधिकारीले गर्नुभएको थियो भने तालिमको समापन नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् प्राचार्य सञ्जयराज तिमिल्सीनाले गर्नुभएको थियो ।

त्यसैगरी प्राचार्य तिमिल्सीनाले बचत तथा ऋण सहकारी अभियानलाई सबलीकृत गर्न नेफ्स्कूनको निरन्तरको पहलकदमीका बारेमा जानकारी गराउनुभएको थियो । संघले तालिम तथा शिक्षाको पाटोमा महत्वपूर्ण कार्यक्रमहरु ल्याइरहेको र चालु आर्थिक वर्षमा मात्रै १२ सय भन्दा बढी तालिम सञ्चालन गर्ने योजना संघको रहेको उहाँले बताउनुभएको थियो ।

नेफ्स्कूनले स्तरीकरणका कार्यक्रम मार्फत सुशासित, सुदृढ र सबल सहकारी निर्माणमा जोड दिएको समेत प्राचार्य तिमिल्सीनाले स्पष्ट पार्नुभएको थियो भने सो तालिम कार्यक्रम सञ्चालन तथा व्यवस्थापन सहजीकरण नेफ्स्कून बनेपा फिल्ड कार्यालयका इन्चार्ज राम सापकोटाले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन