ललितपुरमा साकोस प्रतिनिधिहरुका लागि कर योजना तालिम सञ्चालन


ललितपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून ललितपुर फिल्ड कार्यालयको आयोजनामा जिल्लाका २७ बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुलाई कर योजना तालिम प्रदान गरिएको थियो भने सो तालिममा विभिन्न २७ बचत तथा ऋण सहकारी संस्थाबाट गरी १९ जना महिला र ८ जना पुरुष सहित २७ जनाको सहभागिता रहेको थियो ।

त्यसैगरी लेखा परिक्षक प्रधुम्न घिमिरेले सहजीकरण गर्नुभएको उक्त तालिममा करको परिचय, उद्देश्य, कर योजनाको तरिका, वर्गीकरण, सहकारी संस्थामा आयकर दर, सहकारीमा करको लेखाङ्कन गर्ने तरिका, शुल्क तथा जरीवाना लगायतका विषय केन्द्रीत प्रशिक्षण गरिएको थियो भने सो तालिमको समापन नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् प्राचार्य सञ्जयराज तिमिल्सीनाको उपस्थितिमा भएको थियो ।

प्राचार्य तिमिल्सीनाले बचत तथा ऋण सहकारी अभियानलाई सबलीकृत गर्न नेफ्स्कूनको निरन्तरको पहलकदमीका बारेमा जानकारी समेत गराउदै संघले तालिम तथा शिक्षाको पाटोमा महत्वपूर्ण कार्यक्रमहरु ल्याइरहेको र चालु आर्थिक वर्षमा मात्रै १२ सय भन्दा बढी तालिम सञ्चालन गर्ने योजना संघको रहेको उहाँले बताउनुभएको थियो ।

नेफ्स्कूनले स्तरीकरणका कार्यक्रम मार्फत सुशासित, सुदृढ र सबल सहकारी निर्माणमा जोड दिएको पनि प्राचार्य तिमिल्सीनाले स्पष्ट पार्नुभएको थियो । उक्त तालिमका सहभागी प्रतिनिधिहरुले कर योजना तालिम अत्यन्तै उपयोगी रहेको र तालिमबाट प्राप्त ज्ञान सिकाइले साकोस सञ्चालनमा सहजता ल्याउने बताएका थिए भने सो तालिम सञ्चालन तथा व्यवस्थापन सहजीकरण ललितपुर फिल्ड कार्यालयका ईन्चार्ज दिनेश गौतमले गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन