साकोस स्तरीकरण सम्बन्धी मधेश प्रदेशका व्यवस्थापकहरु बीच अन्तरक्रिया


सर्लाही । मधेश प्रदेशका सहकारीहरुको गुणस्तर सुधार र स्तरीकरणको अभियानमा व्यवस्थापकहरुको क्रियाशिलता अभिवृद्धि गर्ने उद्देश्यसहित साकोस व्यवस्थापकहरुबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको आयोजना र मधेश प्रदेश म्यानेजर्स क्लबको संयोजनमा सर्लाहीको सगुन साकोसमा आयोजित कार्यक्रममा सर्लाही, रौतहट र महोत्तरी जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका ४० जना व्यवस्थापकको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता रौतहटको नवविकास साकोसका व्यवस्थापक यज्ञ प्रसाईंले गर्नुभएको थियो । सो कार्यक्रममा बचत तथा ऋण सहकारी अभियान र स्तरीकरण कार्यक्रमका सम्बन्धमा नवविकास साकोसका व्यवस्थापक यज्ञ प्रसाईंले कार्यपत्र प्रस्तुतीकरण गर्नुभएको थियो भने हातेमालो बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक महेश ढुंगेलले कार्यपत्रमाथी टिप्पणी गर्नुभएको थियो ।

त्यसैगरी कार्यपत्र प्रस्तुतीकरण पश्चात सहभागी साकोस व्यवस्थापकहरुले साकोसका असल अभ्यास र स्तरीकरण कार्यक्रमका असल सिकाईबारे अनुभवहरु आदान प्रदान गर्नु भएको थियो ।

नेफ्स्कून सर्लाही फिल्ड कार्यलयका इन्चार्ज महेश बरालले कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्नुभएको थियो भने त्रिवेणी साकोसका व्यवस्थापक रामलाल महतोले सञ्चालन गर्नुभएको कार्यक्रममा म्यानेजर्स क्लबका सदस्य रविन्द्र रानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हाम्रो चित्रवन साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न
पिपलबोट साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्न
सगुन साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न
म्याग्दीको भूतपूर्व सैनिक साकोस प्रोबेसन कार्यक्रममा आबद्ध