लमजुङमा पनि सहकारीहरुका लागि कोपोमिस तालिम सञ्चालन


लमजुङ । नेफ्स्कून लमजुङ फिल्ड कार्यालयको आयोजनामा लमजुङमा सञ्चालित सहकारीहरुका लागि पनि कोपोमिस तालिम प्रदान गरिएको थियो । लमजुङ फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य महेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा तालिमको सुरुवात भएको थियो ।

उपसमिति सदस्य महेन्द्रलाल श्रेष्ठले सहकारीहरुले कोपोमिसको युजर नेम र पासवर्ड लिएर समष्टिगत विवरण भरी सबमिसन नं लिएपछि मात्रै कर चुक्ता प्रमाणपत्र लिनसकिने हुँदा समयमै सहकारीका विवरणहरु कोपोमिस प्रणालीमा प्रविष्टि गर्न सहभागी सबैमा अनुरोध गर्नुभएको थियो ।

त्यसैगरी सहकारी विभागले जारी गरेको सूचना सम्पूर्ण सहकारी संघ-संस्थाले पालना गनुपर्ने र सहकारी सम्बन्धी वास्तविक तथ्याङ्क राज्यलाई दिनुपर्ने भएकोले सबै सहकारी संस्थाले कोपोमिसमा आफ्ना सहकारीको वास्तविक तथ्याङ्क भर्नुपर्नेमा जोड दिनुभएको थियो ।

उक्त तालिममा लमजुङका २९ साकोस र तनहुँको १ साकोसबाट गरी ३५ जनाको सहभागिता रहेको थियो भने तालिम सहजीकरण नेफ्स्कूनका सूचना प्रविधि अधिकृत राजन सुवेदी र व्यवस्थापन सहजीकरण लमजुङ फिल्ड कार्यालयका ईन्चार्ज विनोद ढकालले गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हाम्रो चित्रवन साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न
पिपलबोट साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्न
सगुन साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न
म्याग्दीको भूतपूर्व सैनिक साकोस प्रोबेसन कार्यक्रममा आबद्ध