दोलखामा कोपोमिस तालिम सञ्चालन


दोलखाका बचत तथा ऋण सहकारी संस्थाहरुलाई सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली कोपोमिस तालिम प्रदान गरिएको थियो । उक्त तालिममा जिल्लाभरका बचत तथा ऋण सहकारी संस्थाबाट ७६ जनाको सहभागिता रहेको थियो ।   सो तालिमको उद्घाटन नेफ्स्कूनका सञ्चालक सदस्य जिवसराज खड्काले गर्नुभएको थियो भने कार्यक्रममा दोलखा बचत संघका उपाध्यक्ष जगतप्रसाद सुवेदीको आतिथ्यता रहेको थियो ।

नेफ्स्कूनका सञ्चालक खड्काले सहकारीको बारेमा चर्चा गर्दै सञ्चालक तथा व्यवस्थापकले सदस्यसँग उठाएको बचतको सुरक्षण गर्दै त्यसबाट प्रतिफल आर्जन गरी सदस्यको जिवनस्तर उकास्नुपर्ने बताउनुभएको थियो । त्यसैगरि सहकारीहरुले नीति, विधि र प्रविधिमा जोड दिदै स्तरीकरण र स्थिरीकरणमा अनिवार्य आवद्ध नभएमा सहकारी सञ्चालन तथा निरन्तरतामा कठिन हुने बताउनुका साथै कोपोमिसमा अनिवार्य समस्टिगत विवरण भरी नियमक निकायलाई सहयोग समेत गर्नुपर्ने बताउनुभएको थियो ।

उक्त तालिमको सहजिकरण नेफ्स्कूनका सुचना प्रविधि अधिकृत प्रविण अधिकारीले गर्नुभएको थियो भने कार्यक्रम संञ्चालन दोलखा फिल्ड कार्यालयका कार्यक्रम अधिकृत पवन घिमिरेले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हाम्रो चित्रवन साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न
पिपलबोट साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्न
सगुन साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न
म्याग्दीको भूतपूर्व सैनिक साकोस प्रोबेसन कार्यक्रममा आबद्ध