“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनले यस बर्षका लागि तय भएको “एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि”(Shared Technology for Integrated SACCOS Network) ” भन्ने थिम सार्वजनिक गरेको छ । नेफ्स्कूनले आफ्ना नेटवर्कमा रहेका संस्थाको वित्तीय सक्षमता र प्रतिस्पर्धात्मक स्थान कायम राख्न, प्रविधि र उपकरणको सुलभ उपलब्धतालाई सुनिश्चित गर्न र सफ्टवेयरमा एकरुपता कायम राख्न एकीकृत स्रोत योजनाको रणनीति अन्तर्गत प्रविधि विकासमा अग्रसर बनेको हो ।

संघले आफ्नो ३५औं स्थापना दिवसका अवसरमा थिम सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले “एकीकृत साकोस सञ्चालनका लागि साझा प्रविधि” भन्ने बचत तथा ऋण सहकारी अभियानको प्रविधिउन्मुख थिम वाचन गरेर सार्वजनिक गर्नुभएको थियो ।

स्थापना दिवस विशेष समारोहमा उपस्थित अभियानका अग्रजहरु, वर्तमान सहकारी अभियन्ताहरु र सहभागी सम्पूर्ण सेयर सदस्यहरुले यस बर्षको अभियानको थिममा ऐक्यबद्धता जाहेर गर्नुभएको थियो ।

उक्त साकोस सञ्जालमा आवद्ध तथा सञ्जाल भित्र रहनुपर्ने सम्पूर्ण संघ-संस्थाहरुलाई समेटी सबैको साझा अपनत्व सहित विकास गरिएको एउटै प्रविधि मार्फत सेवाहरुमा स्थलगत र गैरस्थलगत पहुँच, डिजिटल माध्यम मार्फत पहुँच वृद्धिको योजना संघले अगाडि सारेको छ । संघले साझा प्रविधि मार्फत चौबीसै घन्टा, सातै दिन बचत, ऋण, बिमा र भुक्तानी फस्र्योट सेवा, स्मार्ट प्रविधि, अद्यावधिक सदस्य तथा व्यवस्थापन सूचना प्रणाली, प्रविधिमार्फत सदस्य तथा ऋण विश्लेषण र निर्णय, प्रविधिमार्फत सदस्यता आवेदन, स्वचालित प्रणाली मार्फत खाता सञ्चालन, प्रविधिमार्फत नियमित शिक्षा तालिम सञ्चालनका कार्यक्रम जोड्न सकिने जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हाम्रो चित्रवन साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न
पिपलबोट साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्न
सगुन साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न
म्याग्दीको भूतपूर्व सैनिक साकोस प्रोबेसन कार्यक्रममा आबद्ध