नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनले सदस्य संघ संस्थाहरुका लागि एकीकृत स्वनियम मार्गनिर्देशन २०७९ जारी गरेको छ । मार्गनिर्देशन संघको ३५औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले विमोचन गर्नुभएको थियो । संघले बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा पालना गर्नैपर्ने एकीकृत नीति नियमहरुलाई एकीकृत गरी मार्गनिर्देशन जारी गरेको हो ।

यसभित्र बचत ऋण सहकारीका सिद्धान्त तथा मूल्य–मान्यताहरू, सहकारीको क्षेत्रको वित्तीय प्रतिवेदन ढाँचा, Nepal Financial Reporting Standards -NFRS कार्यान्वयन सम्बन्धी विषय, सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी विषय, बाह्य लेखा परीक्षण तथा कर भुक्तानी सम्बन्धी विषय, सामाजिक परीक्षण, स्थिरीकरण कोषमा सहभागिता, बचत तथा ऋण व्यवस्थापन, पारिश्रमिक तथा श्रम अडिट, सामाजिक सुरक्षा कोषमा आबद्धता लगायतका २४ विषयहरु समेटिएका छन् ।

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हाम्रो चित्रवन साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न
पिपलबोट साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्न
सगुन साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न
म्याग्दीको भूतपूर्व सैनिक साकोस प्रोबेसन कार्यक्रममा आबद्ध