सहकारी संस्था एकीकरण प्रक्रियाका सम्बन्धमा विभागद्वारा ध्यानाकर्षण


काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरुको एकीकरण प्रक्रियाका सम्बन्धमा सहकारी संस्थाहरुलाई ध्यानाकर्षण गराएको थियो । उक्त विभागले सहकारी संस्थाहरुले एकीकरणका निश्चित प्रक्रिया अवलम्बन गरेर मात्रै एकीकरणमा जान निर्देशन गरेको हो । पछिल्लो समय एकपछि अर्को गरी सहकारी संस्थाहरुबीच एकीकरणको लहर चलेको भन्दै कानुनप्रदत्त प्रक्रिया अपचाएर मात्रै एकीकरणमा जान परिपत्रमार्फत ध्यानाकर्षण गराएको हो ।

सहकारी ऐनको २०७४ को दफा ८७, सहकारी नियमावली, २०७५ को नियम ३९ तथा सहकारी संस्थाको एकीकरण तथा विभाजन निदेर्शिका, २०७७ लाई परिपालना गरेर मात्र एकीकरण सम्बन्धी प्रक्रिया अघि बढाउन विभागले भनेको छ ।

त्यसैगरी एकिकरणपश्चात् बन्ने सञ्चालक समितिमा समावेशिता कायम हुनुपर्ने, २०४९ जेठ २ गते अगाडि खुलेका सहकारी भएमा मन्त्रालयको पूर्व स्वीकृति लिनुपर्ने र तदर्थ समिति गठन भएको मितिले ३ दिनभित्र सम्बन्धित नियामकीय निकायमा जानकारी पठाउनुपर्ने सूचनामा जनाइएको छ ।

सूचनामा एकीकरणका लागि न्यूनतम आवश्यकताका बुँदा, एकिकरणका सन्दर्भमा अवलम्बन गर्नुपर्ने स्वीकृति लिने प्रक्रिया, अन्तिम स्वीकृति र त्यसपछिका कार्यको सूचि नै समेटेर यस्तो सूचना जारी गरेको हो ।

एकिकरण प्रक्रियामा जाँदा त्यस सम्बन्धी गुनासो या उजुरी माग गरी १५ दिने सूचना प्रकाशन गर्नुपर्ने, एक भन्दा बढी जिल्ला कार्यक्षेत्र भए राष्ट्रिय र स्थानीय स्तरको पत्रिकामा एक पटक सूचना गर्नुपर्ने, निर्धारित ढाँचामा नियामकीय निकायमा आवेदन दिनुपर्ने विषय समेत उल्लेख गरिएको छ ।

 

 

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हाम्रो चित्रवन साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न
पिपलबोट साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्न
सगुन साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न
म्याग्दीको भूतपूर्व सैनिक साकोस प्रोबेसन कार्यक्रममा आबद्ध