भक्तपुर जिल्ला बचत संघमा नयाँ नेतृत्व


भक्तपुर, मंसिर १५ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको दशौं बार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । साधारणसभाले राधेश्याम सुवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
अध्यक्ष रा सुवाल बाराही बचत तथा ऋण सहकारी संस्थासँग आबद्व हुनुहुन्छ । त्यस्तै संघको उपाध्यक्षमा ृ(लोहकन्थली बचत तथा ऋण सहकारी संस्थाका सानुकाजी हेका, सचिव मित्र बचत तथा ऋण सहकारी संस्थाका हरि बल्ल, कोषाध्यक्ष सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाका कृष्णगोविन्द लाखाजु निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यमा जगनाथ प्रजापति (भक्तपुर बचत तथा ऋण सहकारी संस्था) , महेन्द्र बखुन्छे (समाजसुधार बचत तथा ऋण सहकारी संस्था लि),
रामेश्वर चौलागाई (चमेलीकल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि), चण्डिका छुकां (देवी महिला बचत तथा ऋण सहकारी संस्थं), कविता ढुंगेल( दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था) हुनुहुन्छ ।
संघको लेखा समितिको संयोजकमा युवा बचत तथा ऋण सहकारी संस्थाका श्रीराम लामिछाने हुनुहुन्छ भने सदस्यमा बालमुकुन्द उपाध्याय (मैत्रीय बचत तथा ऋण सहकारी संस्था), कृष्णश्वरी प्रजापति (भक्तपुर महिला बचत तथा ऋण सहकारी संस्था) हुनुहुन्छ ।
सो अवसरमा नेमकिपाका अध्यक्ष एवं संविधान सभा सदस्य नारायणमान विजुक्छेंले सहकारी संस्था स्थानीयस्तरको हुनुपर्ने कुरामा जोड् दिनुभयो । साथै उहाँले अन्तराष्ट्रिय सम्बन्ध र सम्पर्कले स्थानीय जनताको पैसा विदेशीको हातमा पर्न सक्ने खतराप्रति सचेत हुनुपर्ने बताउनुभयो । सहकारी संस्थाले आर्थिक कारोवारमा मात्र सिमित नराखी गरीब जनतालाई सेवा पुग्ने कृषि तथा उत्पादनमूलक कामलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि( नेफ्स्कून)का महासचिव परितोष पौडेलले भक्तपुर जिल्ला बचत संघ नेपालकै जिल्ला संघहरुमध्ये प्रभावकारी एवं बैचारिक स्पष्टता भएको संघको रुपमा रहेको कुरा बताउदैं सहकारी संस्थालाई व्यवसायिक ढंगबाट अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभयो । नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाश भक्त प्रधानाङ्गले संघले सहकारी संरचना तीन तह हुनु पर्ने कुरा प्रति समर्थन जनाउदैं तीन तह संरचनाको विषयमा जनतालाई सुसुचित गर्नुपर्ने विचार व्यक्त गर्नु भयो । संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले संघको स्थापनाको बारेमा स्पष्ट पार्दै गैर समुदायमुखी सहकारी संस्थाहरुको गतिविधिबारे जनतालाई सुसुचित गर्नुपर्ने विचार राख्नुभयो । जिल्ला बहुउद्देशीय सहकारी संघका अध्यक्ष सानमान लामाले शुभकामना मन्तव्य दिनु भएको थियो ।
संघका सचिव हरि बल्लले आर्थिक वर्ष २०७०।७१ को बार्षिक प्रगति प्रतिवेदन र १३ प्रतिशत लाभांष प्रस्ताव प्रस्तुत गर्नुभयो भन्ने संघका कोषाध्यक्ष कृष्ण गोविन्द लाखाजुले आ व२०७०।७१ मा २२ करोड ५४ लाख ८६ हजारको कुल सम्पत्ती र २७ करोड ६ लाखको आगामी बर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक