चौतारी साकोसको आयोजनामा काठमाडौंका साकोसहरुबीच असल सिकाई अभ्यास आदानप्रदान


काठमाडौं । जोखिममा आधारित साकोस सुवरिवेक्षण कार्यक्रम कर्ब्स काठमाडौं समूहको १२औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको थियो । चौतारी बचत तथा ऋण सहकारी संस्था लि.कागेश्वरी मनोहरा ३, भद्रबास काठमाडौंको आयोजना र नेफ्स्कून साथै कास्कूनको प्राविधिक सहयोगमा कार्यशाला सञ्चालन गरिएको थियो ।

उक्त आयोजक साकोसका अध्यक्ष तुलसीराम पुडासैनीको अध्यक्षता र नेफ्स्कूनका का.बा.अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु, कास्कूनका सचिव शालिकराम पुडासैनी, कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ का वडाअध्यक्ष राममणी पुडासैनी, नगरापालिका सहकारी शाखाकी कर्मचारी अनिता तामाङ लगायतको विशेष आतिथ्यता रहेको थियो ।

जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा सहभागी काठमाडौंका शुभसेवा साकोस, देग साकोस, कदर साकोस, अविछिन्न साकोस, डल्लु एकता साकोस, धादिङ मण्डली साकोस र आयोजक साकोस चौतारीका पदाधिकारी, कर्ब्स कार्यदल संयोजक एव सदस्यहरु, व्यवस्थापक तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी नेफ्स्कूनका का.बा. अध्यक्ष ढकालले सबै बचत तथा ऋण सहकारी संस्थाहरु अब नेफ्स्कूनको छाता मुनि रहेर गुणस्तर सुनिश्चितताका कार्यक्रममा जोडिनुको विकल्प नरहेको चर्चा गर्दै नगरपालिकाका सहकारी हेर्ने कर्मचारीहरुले पनि सहकारी सुशासनका लागि स्तरीकरण कार्यक्रमको महत्व र सान्दर्भिकतामाथी बुझेर सबै सहकारीहरुलाई स्तरीकृत साकोस निर्माणको अभियानमा जुट्न आव्हान गरेर सहयोग पुर्याउनुहुन अनुरोध समेत गर्नुभएको थियो ।

नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले जोखिममा आधारित साकोस सुवरिवेक्षण कार्यक्रम साकोसको जोखिम न्यूनीकरणका लागि अत्यन्त महत्वपूर्ण कार्यक्रम रहेको चर्चा गर्दै कर्ब्स कार्यदलले कार्यक्रम प्रभावकारिताका लागि आआफ्नो ठाउँमा रहेर पहल गर्नुपर्ने बताउनुभएको थियो ।

उहाँले जोखिम रहित बचत तथा ऋण सहकारी संस्थाहरु जस्तोसुकै संकटको बेलामा पनि अप्ठ्यारोमा नपर्ने स्पष्ट पार्नुभएको थियो । उक्त कार्यक्रममा सहभागी साकोस प्रतिनिधिहरुले आ–आफ्नो वित्तीय अवस्थाहरुबारे प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यक्रम सहजीकरण नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनाली र कास्कूनका कार्यक्रम अधिकृत नवराज सुवेदीले गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हाम्रो चित्रवन साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न
पिपलबोट साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्न
सगुन साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न
म्याग्दीको भूतपूर्व सैनिक साकोस प्रोबेसन कार्यक्रममा आबद्ध