सुदूरपश्चिममा सहकारीहरुका लागि कोपोमिस तालिम सञ्चालन


कैलाली । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून कञ्चनपुर फिल्ड कार्यालयको आयोजनामा कञ्चनपुर र कैलाली जिल्लामा सञ्चालित सहकारीहरुका लागि एकदिवसीय कोपोमिस तालिम प्रदान गरिएको थियो । नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य भुपेन्द्र थापाको अध्यक्षतामा सञ्चालन भएको तालिमको प्रमुख आतिथ्यतामा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी रहनुभएको थियो ।

 

उक्त कार्यक्रममा नेफ्स्कून कञ्चनपुर फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य सुरतबहादुर बोगटी, प्रेमलता गौतम, कञ्चनपुर बचत संघका सञ्चालक सदस्य बसन्त भट्ट, कञ्चनपुर म्यानेजर क्लबका अध्यक्ष गणेश भट्ट, उपाध्यक्ष अशोक जोशी, नेफ्स्कूनका सूचना प्रविधि अधिकृत प्रविन अधिकारी, कैलाली म्यानेजर्स क्लवका कोषाध्यक्ष प्रकाशकुमार जोशी, सदस्य बिष्णु उपाध्याय, धनगडी सेवा केन्द्र प्रमुख योगेश बोहरा लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी प्रमुख अतिथि नेफस्कूनका महासचिव दामोदर अधिकारीले सहकारी संस्थाले राज्यले ल्याएका सबै कानुनको परिपालन गर्नुपर्नेमा जोड दिनुभएको थियो भने बचत तथा ऋणको कारोबार गर्ने संस्था अन्य भन्दा अझ बढी संवेदनशील हुनेहुँदा सहकारीमा सुशासन कायम गर्नुपर्नेतर्फ सचेत गराउँदै उहाँले सबै सहकारी संस्थाले अनिवार्य रुपमा कोपोमिस प्रणालीमा संस्थाका समष्टिगत डाटा प्रविष्टि गर्न अनुरोध समेत गर्नुभएको थियो ।

उक्त फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य सुरत बोगटीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने तालिममा विभिन्न संस्थाका ५५ जनाको सहभागिता रहेको थियो । त्यसैगरि तालिम सहजीकरण नेफ्स्कूनका सूचना प्रविधि अधिकृत प्रविन अधिकारी र कार्यक्रम सञ्चालन तथा ब्यवस्थापन कञ्चनपुर फिल्ड कार्यालय ईन्चार्ज यमबहादुर डाँगीले गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हाम्रो चित्रवन साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न
पिपलबोट साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्न
सगुन साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न
म्याग्दीको भूतपूर्व सैनिक साकोस प्रोबेसन कार्यक्रममा आबद्ध