कञ्चनपुरमा साकोसहरुका लागि बार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन


कञ्चनपुर । कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कञ्चनपुरको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न भएको थियो । सिएमसी कञ्चनपुरका अध्यक्ष गणेश भट्टको अध्यक्षतामा सञ्चालन भएको तालिमको समापन नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो ।

नेफ्स्कूनका महासचिव अधिकारीले नेफ्स्कूनका सबै प्रकारका बस्तु तथा सेवाहरु लिएर सबल, दिगो र सुशासित साकोस निर्माणमा पहल गर्न सहभागीहरुलाई अनुरोध गर्नुभएको थियो । नेफ्स्कून बचत तथा ऋण सहकारी संस्थाको एक मात्र केन्द्रीय संघ भएको र साकोसका हरेक समस्याको समाधानको सामर्थ्य राख्न सक्ने संघ भएकोले ढुक्कसँग नेफ्स्कूनका सेवाहरु लिन र साकोसमा आईपर्न सक्ने समस्याको समाधान नेफ्स्कून मार्फत गर्न सकिने समेत जोड दिनुभएको थियो ।

उहाँले बचत तथा ऋणको कारोबार गर्ने संस्था अन्यको तुलनामा अझ बढी संवेदनशील हुनेहुँदा सहकारीमा सुशासन कायम गर्नुपर्नेतर्फ सबैको ऐक्यवद्धता आवश्यक रहने बताउदनुभएको थियो भने सो दुई दिने तालिमको सहजीकरण महासचिव दामोदर अधिकारी र नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो ।

उक्त तालिममा विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ३० जनाको सहभागिता रहेको थियो भने तालिम सहजीकरणका क्रममा सहजकर्ता अधिकारीले विभिन्न उत्प्रेरणात्मक र रणनीति निर्माण योजनाका तौरतरिकाहरु बारे प्रयोगात्मक अध्यास समेत गराउनुभएको थियो ।

त्यसैगरी कार्यक्रम सञ्चालन तथा ब्यवस्थापन कञ्चनपुर कोअरेटिभ म्यानेजर्स क्लवका सचिव बसन्त भट्टले गर्नुभएको थियो भने सो कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.कञ्चनपुरका अध्यक्ष भवानिचन्द, कञ्चनपुर कोओपरेटिभ म्यानेजर्स क्लवका संस्थापक अध्यक्ष कमला भण्डारी, नेफ्स्कूनका तालिम अधिकृत रबिन्द्र श्रेष्ठ, कञ्चनपुर फिल्ड कार्यालय ईन्चार्ज यमबहादुर डाँगी लगायतको उपस्थिति रहेको थियो ।

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

महासंघकी महाप्रबन्धक सुब्बाको पहिलो पुस्तक सहकारीमा २५ वर्षः भोगाई र अनुभूतिु विमोचित
जागिरे दवाब छोडेर किसानी कमाल
नीति, विधि र प्रविधि सहजिकरणमा नेफ्स्कून
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी