नव दीपज्योति महिला उत्थान साकोसको २०औं बार्षिक साधारणसभा सम्पन्न


काठमाडौं । चावहिलको मित्रपार्कमा अवस्थित नव दीपज्योति महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लि.को २०औं बार्षिक साधारणसभा सम्पन्न भएको थियो । उक्त साकोसकी अध्यक्ष हिरामाया लामाको अध्यक्षतामा सुरु भएको सभाको उद्घाटन नेफ्स्कूनका का.बा.अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको थियो ।

त्यसैगरी साधारणसभाले पुनः हिरामाया लामाको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति र सृजना तामाङको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको छ ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा हर्कमाया राई, सचिव सीताकुमारी गौचन, कोषाध्यक्ष सञ्जु गुरुङ, सदस्यहरु मनमाया वाईवा, वमकुमारी अधिकारी, सावित्री कार्की र लेखा सुपरिवेक्षण समिति संयोजक सृजना तामाङ र सदस्यहरु क्रमशः विष्णुमाया थिङ र सुमित्रा तामाङ रहनुभएको थियो ।

२०५९ साल जेष्ठ २ गते स्थापना भएको नव दीपज्योति महिला उत्थान साकोसमा हाल १२ सय ४६ सेयर सदस्य रहेका छन् । २२ करोड ६० लाख ९५ हजारभन्दा बढी वासलात भएको यस साकोसले सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ भने १ करोड ६ लाख वार्षिक कुल नाफा गर्न सफल भएको छ ।

नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा आबद्ध यस साकोसले स्वस्थ वित्तीय सूचकहरु कायम गर्न सफल भएको साकोसकी व्यवस्थापक कमला लामाले जानकारी गराउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हाम्रो चित्रवन साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न
पिपलबोट साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्न
सगुन साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न
म्याग्दीको भूतपूर्व सैनिक साकोस प्रोबेसन कार्यक्रममा आबद्ध