सदस्य संघ संस्थाहरुसँग नेफ्स्कूनद्वारा वृहत अन्तरक्रिया


काठमाडौं । सहकारीका समसामायिक विषयहरु सम्बन्धमा काठमाडौं कलंकी आसपासमा सञ्चालित सहकारीहरुसँग वृहत अन्तरक्रिया सञ्चालन भएको थियो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून कलंकी फिल्ड कार्यालयको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रम कलंकी फिल्ड कार्यालय ब्यवस्थापन उपसमिति सदस्य केशवराज पौडेलको अध्यक्षता र नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको प्रमुखत्वमा भएको थियो ।

उक्त कार्यक्रममा कलंकी फिल्ड कार्यालय ब्यवस्थापन उपसमिति सदस्यहरु, नेफस्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेल, संघका सहायक कार्यकारी अधिकृत एवम् व्यवसाय विभाग प्रमुख दुर्गाप्रसाद ढकाल, काठमाडौं जिल्ला बचत संघका लेखा सुपरिवेक्षण समिति संयोजक सुबास घिमिरे लगायत विभिन्न ६५ वटा बचत तथा ऋण सहकारी संस्थाबाट गरी ७५ जनाको उपस्थिति रहेको थियो ।

सहकारीका समसामयिक सवालहरु र नेफ्स्कूनको सेवा तथा व्यवसाय सम्बन्धमा संघका विभागीय प्रमुख दुर्गाप्रसाद ढकालले सहजीकरण गर्नुभएको थियो । उक्त कार्यक्रमका प्रमुख व्यक्ति दिपक पनेरु र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पोखरेलले सहकारी अभियानमा पछिल्लो समय छिटपुट रुपमा देखिएका समस्या, समस्याका कारण, समाधानका उपाय साथै बचत तथा ऋण सहकारी अभियानको शुद्धीकरण र सुदृढीकरणका लागि नेफ्स्कूनले चालेको पहलकदमीका सन्दर्भमा विस्तृत चर्चा गर्नुभएको थियो ।

 

त्यसैगरी अन्तरक्रियाका क्रममा सहभागीहरुबाट उठेका जिज्ञासाहरुको संम्बोधन विभागीय प्रमुख दुर्गाप्रसाद ढकालले गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हाम्रो चित्रवन साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न
पिपलबोट साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्न
सगुन साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न
म्याग्दीको भूतपूर्व सैनिक साकोस प्रोबेसन कार्यक्रममा आबद्ध