मोरङका साकोसहरुबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न


मोरङ । कर्ब्स मोरङ दोश्रो क्लष्टरको चौथो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी रेमिट साकोसको आयोजनामा सम्पन्न भएको थियो । उक्त साकोसकी अध्यक्ष उमा घिमिरेको अध्यक्षता एवम जिल्ला बचत संघ मोरङका वरिष्ठ उपाध्यक्ष प्रेमप्रकाश कोईरालाको प्रमुख आतिथ्यता सहित कोषाध्यक्ष जीवन बस्नेत, सञ्चालक सदस्य उमेश गुरुङ, ग्रामथान गाउँपालिका वडा नं. २ का वडाध्यक्ष यादव खतिवडा लगायतको विशेष उपस्थिति रहेको थियो ।

संघका वरिष्ठ उपाध्यक्ष प्रेमप्रकाश कोईरालाले अहिले विशेष गरेर शहरी क्षेत्रका सहकारीहरु सहकारीको मूल मर्म छोडेर, बजारमा ग्राहकसँग कारोबार गरेका, ठूलो रकम बढी व्याज कबलेर भुक्तानी दिने समयमा दिन नसकेर समस्या भएको र जुन सहकारीहरु समुदायमा आधारित छन ति सहकारीहरुमा समस्या नरहेको बताउनुभएको थियो ।

त्यसैगरी सहकारीलाई सुरक्षित बनाउन, शुरक्षा गार्ड राखेर, तालाचाबी दह्रो लगाएर, सीसी क्यामरा जोडेर मात्र सहकारी राम्रो र सुरक्षित छ भन्न सकिदैन । त्यसकारण सहकारीलाई सुरक्षित तरिकाले संचालन गर्नका लागि जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम मार्फत नीति कार्यविधि, प्रविधि र सहकारीको वास्तविक मुल्य मान्यतामा संचालन गर्नुपर्ने बताउनुभएको थियो ।

उक्त क्लष्टरमा आवद्ध साकोसहरुका प्रतिनिधि तथा आयोजक रेमिट साकोसका सञ्चालक, लेखा सुपरिवेक्षण समिति, अन्य उपसमिति एवम् कर्मचारीहरुको सहभागितामा नेफ्स्कूनका कार्यक्रम अधिकृत रामकृष्ण भट्टराई र जिल्ला बचत संघ मोरङ कार्यक्रम अधिकृत रामकुमार दाहालद्वारा ऋण लगानीका लागि आवश्यक कागजातको प्रयोग र ऋण जोखिम व्यवस्थपन सम्बन्धी सहजिकरण गरि कार्यक्रम सञ्चालन गर्दै क्लष्टरका साकोसहरुद्वारा आफ्ना साकोस सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

आगामि पाचौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी सुकुना साकोस, सुन्दरहरैंचाको आयोजनामा २०७९ मंसिरमा सम्पन्न गर्ने निर्णय भएको थियो भने रेमिट साकोसबाट आगामी पाचौं कार्यशाला गोष्ठिको लागि माइनुट सुकुना साकोसका सचिव नगेन्द्रप्रसाद दाहाल र व्यवस्थापक त्रिलोचन सुवेदीलाई हस्तान्तरण समेत गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हाम्रो चित्रवन साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न
पिपलबोट साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्न
सगुन साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न
म्याग्दीको भूतपूर्व सैनिक साकोस प्रोबेसन कार्यक्रममा आबद्ध