म्याग्दीको भूतपूर्व सैनिक साकोस प्रोबेसन कार्यक्रममा आबद्ध


काठमाडौं ।  म्याग्दीको बेनी नगरपालिकामा सञ्चालित भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लि.प्रोबेसन कार्यक्रममा आबद्ध भएको थियो । उक्त प्रोबेसन कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको राष्ट्रिय स्तरको साकोसहरुको गुणस्तर सुनिश्चिता सम्बन्धी पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम हो ।

उक्त कार्यक्रममा साकोसका अध्यक्ष बालकृष्ण सुवेदी र नेफ्स्कूनको तर्फबाट पोखरा फिल्ड कार्यालयकी इन्चार्ज यमकला सुबेदीले कार्यक्रम सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो भने प्रोबेसन कार्यक्रम आबद्धताले साकोसको संस्थागत विकास र वित्तीय सुशासन कायम हुने विश्वास लिएको अध्यक्ष सुवेदीले बताउनुभएको थियो ।

त्यसैगरी कार्यक्रममा साकोसका उपाध्यक्ष झलप्रसाद गौचन, कोषाध्यक्ष हिराप्रसाद श्रेष्ठ, सञ्चालक सदस्य श्यामप्रसाद श्रेष्ठ, दलबहादुर भण्डारी, व्यवस्थापक नारायण सुवेदी, नेफ्स्कून पोखरा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य रामजीप्रसाद सुवेदी र नेफ्स्कून बेनी सेवा केन्द्र प्रमुख दिनेश थापा उपस्थित हुनुबइको थियो ।

२०६३ साल जेष्ठ ३ गते स्थापना भएको भूतपूर्व सैनिक साकोसमा हाल १ हजार ७ सय ४५ जना सदस्य छन् । सो साकोसको कुल वासलात २५ करोड ४७ लाख २९ हजार ३५३ रुपैयाँ रहेको छ भने साकोसमा ९ कर्मचारी कार्यरत छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हाम्रो चित्रवन साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न
पिपलबोट साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्न
सगुन साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न
मोरङका साकोसहरुबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न