बंगुर पाल्न सहकारीलाई अनुदान
सोलुखुम्बु, मंसिर १५ । पाँचपोखरी महिला बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुलाई बंगुर पाल्नका लागि अनुदान दिइएको छ । महिला तथा बालबालिका कार्यालय सोलुखुम्बुले ती संस्थाका २० जना सदस्यलाई बंगुरपालनका लागि ७० हजार अनुदान दिइएको हो । सीप तथा बंगुरपालनसम्बन्धी सातदिने व्यावसायिक तालिमपछि उनी प्रत्येकलाई अनुदानस्वरूप ३ हजार ५ सयका दरले अनुदान दिइएको थियो । महिलाको आयआर्जनमा वृद्धिका साथै आत्मनिर्भर र सशक्तीकरणका लागि अनुदान दिइएको महिला विकास अधिकृत सावित्रा न्यौपानेले बतायनसभयो । महिला परनिर्भर रहेकाले हिंसामा बढी पर्ने गरेको उल्लेख गर्दै आत्मनिर्भर बनाउन अनुदान दिइएकोृ हो ।