कालिका साना किसान सहकारीको साधारणसभा सम्पन्न


रसुुवा, मंसिर १५ । कालिका साना किसान कृषि सहकारीको प्रथम साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले विष्णुप्रसाद पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा सीता अधिकारी, सचिवमा हेमनाथ खतिवडा, कोषाध्यक्ष बृन्दा न्यौपाने, सदस्यहरूमा कुमारदास नेपाली, भवनाथ न्यौपाने, शिब लामिछाने, कृष्णबहादुर मोक्तान, महेन्दबहादुर न्यौपाने, रत्नप्रसाद पौडेल, भीमकुमारी ढकाल रहनुभएको छ ।
संस्थाले झण्डै ४ लाख रुपैयाँ नाफा गर्न सफल भएको छ ।संस्थाले साना किसानको आयआर्जन बढाउनका लागि पशुपालन, कृषि क्षेत्रमा लगानी गरी उनीहरूको आयमा बृद्धि गराउन विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
संस्थाका अध्यक्ष विष्ण पौडेलले प्रतिबेदन कुल आम्दानी ११ लाख १७ हजार ९ सय ४९ रुपैयाँ ९५ पैसा भएको र जस मध्येबाट कुल खर्च ७ लाख ४२ हजार ८ सय ४४ रुपैयाँ ४८ पैसा कटाई खुद नाफा ३ लाख ७५ हजार १ सय ५ रुपैयाँ ४७ पैसा नाफा आर्जन गरेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका प्रबन्धक पूर्णप्रसाद न्यौपानेले प्रतिबेदन पेस गर्दै संस्थाले कुल १ करोड ३२ लाख ८९ हजार ८ सय ३२ रुपैयाँ बरावरको कारोबार भएको बताउँनुभयो । उहाँले सहकारी संस्था धैबुङ्ग गाविसको नौ वटै वडामा फैलिएको र ९१ वटा समूहमा ५ सय ९९ जना सदस्य मध्ये ४ सय १९ जना महिला तथा १ सय ८० जना पुरुष सेयर सदस्य रहेको पनि प्रबन्धक न्यौपानेले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न