समिति गठनका लागि प्रधानमन्त्रीलाई पत्र पठाइने


काठमाडौं, मंसिर १५ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारी संस्थाहरुको सम्पत्ति व्यवस्थापन समिति गठनका लागि प्रधानमन्त्री तथा सहकारीमन्त्री सुशील कोइरालालाई प्रस्ताव बुझाउने बुझाउने भएको छ ।
सहकारी मन्त्रीको समेत जिम्मावेरी सम्हाल्नुभएका कोइरालालाई मन्त्रालयले समिति गठनका लागि औपचारिक प्रस्ताव पठाउने तयारी गरेको हो ।

लामो समयदेखि प्रक्रियामा रहेको ‘समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन समिति गठन’ समिति गठनका लागि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट आएको सुझावसहित पठाउन लागिएको मन्त्रालयका प्रवक्ता सुरेश प्रधानले बताउनुभयो । गत पुसमा समस्याग्रस्त सहकारी संस्थाहरुको समाधानका लागि गठन भएको जाँचबुझ आयोगले दिएको सुझाव र सहकारी ऐन २०४८को दण्ड सजायको बुँदाअनुसार ‘समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन समिति’ गठनको तयारी गरिएको हो ।
समिति गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै प्रवक्ता प्रधानले प्रधानमन्त्री कोइराला सकारात्मक भए समस्याग्रस्त सहकारीको समस्या समाधान गर्र्न समिति गठन हुने बताउनुभयो । सरकारले समस्याग्रस्त सहकारी संस्थाहरुमा उच्च जोखिममा रहेको रकम व्यवस्थापन गर्ने उद्देश्यले समिति गठन गर्न लागेको हो ।
गौरीबहादुर आयोगको प्रतिवेदनअनुसार १ सय ३० समस्याग्रस्त सहकारी संस्थामा करिब १२ अर्ब रुपैयाँ निक्षेप उच्च जोखिममा रहेको छ भने सोही रकमलाई व्यवस्थापन गर्नका लागि सरकारले ‘समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन समिति’ गठनको प्रक्रिया अघि बढाएको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक