रेमिटान्समा कडाइपछि बैंकका मालिकहरू बाझ्न थाले


काठमाडौं, मंसिर १६ । राष्ट्र बैंकले इजाजत लिएरमात्रै रेमिटान्सको कारोबार गर्न निर्देशन दिएकोमा विभिन्न बैंकका सञ्चालकहरुले आपत्ति जनाएका छन् । रेमिटान्सबारे राष्ट्र बैंकले जारी गरेको परिपत्रको समर्थन र विरोधमा बैंकर्सवीचमै विवाद सुरु भएको छ । राष्ट्र बैंकले बैंकर्स संघका अध्यक्ष राजनसिंह भण्डारी, उपाध्यक्ष उपेन्द्र पौडेल र कार्यकारी सदस्य भुवन दाहालको सहमतिमा आइतबार डेढ दर्जन सर्तसहितको परिपत्र जारी गरेको थियो । यो परिपत्रमा केही बैंकर्सहरुले आपत्ति जनाएका हुन् । नयाँ परिपत्रमा बैंकहरुले रेमिटान्सको कारोबार गर्न अनिवार्य इजाजत लिनुपर्ने, प्रत्येक पाँच वर्षमा इजाजत नवीकरण गरिने, रेमिटान्सको अगि्रम भुक्तानी गर्न नपाइने, बैंक खाताबाट मात्रै रेमिटान्सको भुक्तानी गर्नुपर्ने लगायतका शर्त छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर
लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा
नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग
बिक्री नभएको तरकारी सडकमै फाले किसानले