सहकारीमार्फत आर्थिक रुपान्तरणमा जोड


दाङ,मंसिर १६ । सहकारीमार्फत आर्थिक रुपान्तरणमा लाग्नुपर्ने दाङमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
बंगलामुखी बचत तथा ऋण सहकारी संस्था नारायणपुर दाङको चौथो साधारणसभामा बोल्ने वक्ताहरुले सहकारीमार्फत जीवनस्तरमा सुधार गर्न जोड दिनुपर्ने बताएका थिए । सहकारीमार्फत नै देशमा संमृद्वि ल्याउन सकिने उनीहरुको भनाई थियो ।
कार्यक्रममा बोल्दै सीसा नेपालकी अध्यक्ष साजिदा सिद्विकीले सहकारीले महिला सक्षमतामा अघि बढेको खुसी व्यक्त गर्नुभयो । ‘सहकारीले जीवनस्तरमा सुधार ल्याएको छ, अझै सहकारीबाट मनग्य लाभ लिन सक्नुपर्छ’ उहाँले भन्नुभयो । सहकारीमा लागेका महिलाको क्षमता अभिवृद्विका लागि सीसा नेपालले सहयोग गर्न सक्ने उहाँको भनाई थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

को अपरेटिभ म्यानेजमेन्ट कोर्ष निर्माणका लागि सम्झौता
सहकारी क्षेत्रलाई अग्र पंक्तिमा राख्दै बुस्टर खोप उपलब्ध गराइने
काभ्रेली सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
नेफ्स्कूनद्वारा बधाई तथा शुभकामना