साना सहकारीलाई आयकर छुट दिने सरकारको तयारी


काठमाडौ, मंसिर १६ । सरकारले साना सहकारीलाई आयकरमा छुट दिने भएको छ । प्रस्तावित सहकारी ऐन संशोधन गर्दै वाषिर्क एक करोड रुपैंयाँ भन्दा कम कारोबार गर्ने संहकारीलाई आयकरमा छुट दिने सरकारको तयारी छ । सहकारी संस्था, सहकारी संघ र राष्ट्रिय सहकारी बैंकलाई पूरै आयकर छुट दिने ब्यवस्थासहितको सहकारी ऐन मस्यौद(२०७१ तयार भएको सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।
प्रस्तावित ऐनको मस्यौदान ब्यवस्थापिका संसदको अर्थ समितिमा पुगेको छ ।
संशोधित ऐनमा ग्रामीण समुदायमा सञ्चालित संस्था, संघ वा बैंकलाई भने आयकर नलाग्ने उल्लेख गरिएको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकामा संचालित संस्था संघ वा बैंकको आयमा जगेडा कोष छुट्याएपछि मात्र कर लाग्ने बनाउन थालिएको छ। त्यस्तो कर पनि अत्यन्त न्युन तोकिनुपर्ने मस्यौदामा उल्लेख गरिएको छ ।
मस्यौदाका अनुसार महानगरपालिका क्षेत्रमा संचालित संस्था, संघ वा बैंकिङ आयमा दश प्रतिशत, उपमहानगर क्षेत्रमा सञ्चालितहरुलाई सात प्रतिशत र नगरपालिका क्षेत्रमा संचालितहरुको आयमा पाँच प्रतिशत मात्र आयकर लाग्नेछ । मस्यौदाको परिच्छेद १३ को दफा ९४ मा संस्था, संघ र बैंकको सेयर लाभांश र ब्याजमा कर नै नलाग्ने ब्यवस्था गरिएको छ ।
त्यस्तै, दफा ९५ मा संस्था, संघ र बैकलाई दोहोरो सुविधा लिन पाउने उल्लेख गरिएको छ । दफा ९५ मा भनिएको छ, ‘ऐनमा उल्लेखित छुट सुविधाका अतिरिक्त प्रचलित कानून बमोजिम संस्था, संघ वा बैंकलाई प्रदान गरिएका अन्य छुट सुविधासमेत संस्था, संघ वा बैंकले उपभोग गर्न पाउनेछन् । त्यस्तै, पशुपालन, कृषि, ऊर्जा, पर्यटन, यातायात, शिक्षा, संचार, स्वास्थ्य तथा सेवा क्षेत्रमा सञ्चालित संस्था र संघलाई आयकर लाग्नेछैन ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने