सर्लाही, मंसिर १६ । जिल्ला बचत तथा ऋण सहकारी संघको पांचौ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । वार्षिक साधारणसभाले बाबुराम घिमिरेको अध्यक्षतामा नयां सञ्चालक समिति गठन गरेको हो ।
संघको उपाध्यक्ष हरेन्द्र रावत, सचिव जवाहरलाल यादव, कोषाध्यक्ष विन्दु चालिसे हुनुहुन्छ । त्यस्तै सञ्चालकमा लालबाबु महतो, पांचु महतो, झगरु साह, भगवती ढकाल, सुभद्रा महतो हुनुहुन्छ । त्यसैगरी लेखा समितिमा संयोजक श्यामबाबु कार्की र सदस्यहरु बहादुरसिंह खडका र सन्तोष आचार्य हुनुहुन्छ ।
सो अवसरमा बोल्ने वक्ताहरुले सहकारीले आर्थिक उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताएका थिए । सहकारीका सदस्यहरुले उत्पादनशील क्षेत्रमा लगानी गर्न सके मात्र सहकारी स्थापना हुनुको अर्थ खुल्ने उनीहरुको भनाई थियो । कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण सहकारी(नेफ्स्कुन)का महासचिव परितोष पौडेलले आफ्ना सदस्यको हितका लागि जस्तोसुकै सहयोग गर्न बताउनुभयो ।

सर्लाही जिल्ला बचत संघमा नयाँ नेतृत्व
by
Tags:
Leave a Reply