हाम्रो नमूना सहकारीको साधारणसभा सम्पन्न


ललितपुर, मंसिर १६ । लगनखेलस्थित हाम्रो नमूना बचत तथा सहकारी संस्थाको १६ औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाका अवसरमा २४ करोड रुपैयाँ कर्जा लगानी गरेको बताइएको थियो ।
सहकारीले कृषि, व्यापारलगायत क्षेत्रमा सहकारीले लगानी गरेको छ । शेयर पुँजी चार करोड ४६ लाखबाट बढाइएको छ । संस्थाले शेयर सदस्यहलाई कर्जा लगानी गर्नुका साथै राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ तथा अन्नपूर्ण विकास बैंकको संस्थापक शेयरमा लगानी गरेको छ ।
संस्थाले शेयर सदस्य बिरामी परेमा, गम्भीर प्रकृतिका रोग लागेमा तथा मृत्यु भएमा सहुलियत कर्जा, उपचार सहयोग र काजकिरिया खर्च उपलब्ध गराउँदै आएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सूचना तथा सञ्चार प्रवाह कार्यशाला गोष्ठी सम्पन्‍न
धुलिखेलमा कोपोमिस तालिम सम्पन्‍न
चन्द्रागिरि साकोसको CUDCC तालिम सुरु
संस्थागत विकास तालिम सुरु