सिंगो मुमेन्टलाई अघि बढाउन मेरो भूमिका हुने छ


अध्यक्ष उम्मेदवार
चन्द्रप्रसाद ढकाल

नेफस्कुनको निर्वाचनको तयारी के छ ?
नेफ्स्कुनसँग आवद्व जिल्ला तथा विभिन्न संस्थाका प्रतिनिधिसँग कोर्डिनेट गरेको छु । नेफ्स्कुन भन्ने प्लेटपर्मलाई सबै सहकारीको आस्थाको केन्द्रविन्दु बनाउने हाम्रो सोच छ । नकि कसैलाई नेफ्स्कुनलाई प्ले गरेर प्लेटफर्मको दुरुपयोग नहोस् । सबै साथीहरु काठमाडौं आएपछि निर्वाचनको तयारी व्यापक हुनेछ ।
निर्वाचनमा एक्लै सफल हुन सकिदैँन जस्तो लाग्छ । तपाइले प्यानल खडा गरी सक्नुभयो त ?
हामी जोडतोडले प्यानल नै खडा गरेर अघि बढेका त छैनौं । तैपनि हामी कुन पदमा को को आउने भन्ने तयारी भइसकेको छ । अहिले सबैको नाम नभएपनि त्यसको तयारी करिब भइसकेको छ । मसँग मध्यपश्चिम र सुदुरपश्चिम क्षेत्रका ४÷५ जना साथीहरुसँग समन्वय गरेको छु । उहाँहरुलाई त्यस क्षेत्रका सबैसँग समन्वय गर्न अनुरोध समेत गरिसकेको छु । साथीहरु बिचको तपाइहरु लिडर हो, भेटमा बिस्तार गर्नुपर्दछ भनेको छु । त्यस्तै मेची ,कोशी सगरमाथालगायतबाट २२ जनाकै टिम बन्दै छ । महिला र तराइ मुलको र जनजाति पनि समावेश गर्ने हाम्रो सोच छ ।
के छ ऐजेन्डा नेफ्स्कुनको नेतृत्वमा आउनलाई ?
म यसअघि नेफ्स्कुनको लेखा संयोजकको रुपमा काम गरेको छ । मलाई नेफ्स्कुन कसरी सञ्चालन गर्ने र सबै बचत तथा ऋण सहकारीको अभिभावक कसरी भन्ने मलाई राम्ररी ज्ञान छ । त्यसैअनुरुप म अघि बढिरहेको छु । त्यो बेला बनेका नीतिनियमहरुबाट साथीहरु प्रभावित हुनुभएको छ । हामी त्यो बेला क्रिटिकल अवस्थामा थियौं अहिले नेफ्स्कुनमा धेरै सजिलो छ तर नेफ्स्कुनले संस्थाको हितका लागि कुनै काम गर्न सकेको छैन् । अहिले बसेका साथीहरु सम्पन्नतामा रमाइरहनुभएको छ । नेफ्स्कुनबाट सदस्यले खासै आशा लाग्दो काम पाउन सकेका छैनन् । नेफ्स्कुनले त्यसतर्फ ध्यान दिएन, कमाउने आधार मात्र बन्न पुग्यो, त्यसतर्फ मेरो ध्यान जाने छ ।
के तपाइले चुनाव जित्नुभयो, नेफ्स्कुन व्यवस्थित हुन्छ त ?
हामीले दिने भनेको संरक्षणको कुरा हो । सुरक्षाको कुरा हो । त्यसको लागि नेपाल सरकारसँग, नेपाल राष्ट्र बैंकसँग, सहकारी विभागसँग समन्वय गर्ने हो । मुनाफा आर्जन गर्नेबाहेक पैसाको संरक्षण गर्नलगायत पोलिसी निर्माण गर्ने कुरा हो । सबै सहकारीले स्वामित्व लिने गरी मैले काम गर्ने सोचमा छु । सहकारीलाई अफ्ठारो प¥यो भने हेर्ने नीति बनाउन जरुरी छ । जुन गर्न सक्छु भन्ने विश्वास छ । म भएको हुदाँ जुन ड्राफ्ट बनेको छ ती कार्यान्वयन गर्नतर्फ मेरो ध्यान जाने छ । अहिले बचत तथा ऋण सहकारी ऐनले पुर्णता पाउन सकेको छैन् । लामो समयदेखि वर्तमान नेतृत्वले त्यसको ड्राफ्ट अघि बढाउन नसक्नु दुःखद कुरा हो । संस्थालाई चिप्लाउन वर्कसप भएको त होला तर उल्लेख्य केही भएको छैन् । हिजो हामी हुदाँ पोलिसी निर्माण गरेका थियौं अब हुदाँ पनि हामी पोलिसी निर्माण गर्न ध्यान दिनेछौं, सक्छौं ।
सुन्नमा आएको छ, तपाइकै आस्था राख्नेसँग निर्वाचन लड्दै हुनुहुन्छ अरे, यसले दुवै जना पछारिने संभावना रहदैन् र ?
म कसैलाई हराउनका लागि नेफ्स्कुनमा आउन चाहेको होइन । मैले जित्ने गरी चुनाव लड्दै छु । मलाई लाग्दैछ । अहिले चर्चामा आएजस्तो परितोषजीले चुनाव लड्नु हुन्न भन्ने मलाई लागिरहेको छ । परितोष फस्ट म्यान हुन सक्दैन् । ऋषिजी बल्खुबाट टिकट नलिए चुनावमा लड्नु सक्नु हुन्न । सानेपाको त कोही पनि होइन ।
सहकारीमा राजनीति घुसेको हो ?
उहाँहरुले घुसाउनु भएको छ । राष्ट्रिय सहकारी बैंकको चुनावमा देखिहाल्नुभयो । त्यसको नतिजा तीन महिनाभित्र देखिन्छ । गल्ती गरेछौं भनेर उहाँहरु पश्चातापमा पर्नुहुने छ । नेफ्स्कुनमा अहिले एमालेको विभिन्न विभागमा काम गरेका नेताहरु ५ जना हुनुहुन्छ । सिंगो सहकारी क्षेत्रमा त धेरै हुनुहुन्छ होला ।
नेफ्स्कुन कसरी अगाडि बढ्छ नि ?
मैले हारेपनि नेफ्स्कुनलाई असर पुग्ने गरी कुनै काम गर्ने छैन् हिजो हार्दा पनि मैले नेफ्स्कुनको अहित हुने काम गरिन नेफ्स्कुन सिंगो देशभरका सहकारीकर्मीहरुको केन्द्रविन्दु हो । संस्थाभित्र रहेका सदस्यको हैसियत राख्ने काम गर्नु पर्दछ । बचत तथा ऋण कारोबार गर्ने सहकारी सबै सदस्य हुन् । किन यति बचत भयो, उति सदस्य भए किन भन्नु प¥यो नि ? संस्था बनाउनमा ध्यान दिनुपर्दछ । सबै जिल्लामा सदस्य बनाउन जरुरी छ ।  तर त्यसो गर्न सकिरहेको छैन्, अहिलेको नेतृत्वले ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने