परिणाम जेजस्तो आए पनि स्वीकार गर्न तयार छु


ऋषिराज घिमिरे अध्यक्ष प्रत्यासी
चुनावको तयारी के छ ?
यो सहकारीकर्मीको तीनतीन वर्षमा आउने चाड हो । यो वर्ष निर्वाचन हुने भएकाले चुनावको तयारी शुरु भएको छ । निर्वाचनलाई सफलतापूर्वक लैजानका लागि हामी प्रयासरत छौं र सञ्चालकको पाँच भूमिकामध्ये निरन्तताको भूमिका महत्वपूर्ण हुन्छ । बेच्न मिल्दैन्, यसलाई निरन्तर अघि बढाउनको लागि मौजुदा सञ्चालक समितिले नयाँ सञ्चालक समिति बनाउने गर्छ । यतिबेला बजारमा कोही के, कोही भनेर सुन्नुभएको होला, हामीलाई पक्ष विपक्ष केही कुरा थाहा छैन् । सहकारीको एउटा पक्ष थाहा छ, पार्टीको कुरा जान्दैन् । सहकारी अभियानको होल टिम बनाउने काम भइरहेको छ । ५ विकास क्षेत्रबाट ५ जना प्रतिनिधि हुन्छन्, त्यस्तै एक जना महिला उपाक्ष्यक्ष हुने व्यवस्था छ । सञ्चालकमा तीन जना, लेखा समितिमा २ जना, उपाक्ष्यक्षमा १ जना गरी ५ जना अनिवार्य महिला राख्ने व्यवस्था छ । २४ वर्षदेखि सहकारीमा लागेको छु । यो अन्तिम पटक हो । म उपाध्यक्षमा अन्तिम पटक भएकाले जाने ठाउँ अध्यक्ष हो । हारे पनि जितेका साथीहरुलाई सघाउने हो ।
तपाइ उपाध्यक्ष भएर गर्न नसकेका काम के छन् ?
सहकारी खोल्दा बचत गर्ने र ऋण दिने मात्र बुझिएको थियो । आज त्यो फड्को मारेर धेरै कुरा भइरहेको छ । अहिलेको मुख्य काम भनेको अनुगमनको कुरा हो । २९ हजार सहकारीमध्ये १४ हजार सहकारी बचत तथा ऋणको कारोबार गर्ने मात्र छन् । नेफ्स्कुनमा आवद्व लगभग २ हजार छन् । धेरै ग्याब भएकाले जतिसक्दो धेरै सहकारीलाई नेफ्स्कुनमा आवद्व गर्ने मेरो सोच छ । र सामान्य चलेका, प्रविधि नजानेकालाई प्रविधि सिकाउनुपर्ने काम छ । र अहिले संख्यात्मकरुपमा सहकारी धेरै भएको तर गुणात्मक काम कम भएकाले एकीकरण गर्नुपर्ने चुनौति पनि छ । आफ्ना सदस्यको अनुगमन गर्न टुल्स बनाउन  लागेका छौं । टुल्स बनाउन क्यानडाको ठूलो एउटा ठूलो संस्थासँग समन्वय गरेर अघि बढेका छौं । यहाँ पनि छुट्टै अनुगमन शाखा तथा विभाग गठन गरेर विभागको सहकार्यमा अनुगमन गर्ने सोचमा छु । तालिम, शिक्षा अनवरत चल्ने कुरा हो । लेखा, व्यवस्थापन, पल्सको तालिम प्रदान गर्नुका साथै अन्तरलगानीको व्यवस्थापन गर्नुपर्ने छ । साकोसहरुको बैंक नेफ्स्कुन हो । तर हामीसँग पूँजि करिब १ अर्ब छ ।
तपाइ अध्यक्षमा निर्वाचन लड्दै हुनुहुन्छ । कुन पार्टीबाट टिकट लिएर प्यानल खडा गर्दै हुनुहुन्छ ?
कोही राजनीतिक दलप्रति आस्था राख्ने भनेर भन्दिन् म । आस्था केवल सहकारीमा मात्र रहेको छ । सहकारीमा को आस्था राख्ने मान्छे पर्छन मलाई थाहा छैन् तर सहकारीमा एउटा यस्तो टिम बन्दै छ । केन्द्रिय संघ चलाउन सक्ने टिम बन्छ मेरो । गरिब निवारणका कुरा, लघु वित्तको कार्यक्रम अघि बढाउनुपर्दछ लागायतका कुरा गरेर खेमा खडा गर्न म जान्दैन् । खेमा नै नबनाएर हारिन्छ भने मलाई हार्न कुनै समस्या छैन् । म खुसीसाथ घरमा बस्न तयार छु ।
जेजस्तो भएपनि तपाई अध्यक्षमा निर्वाचन लड्नलाई पनि टिम त बनाउनुपर्ला । टिम खडा गरीसक्नुभयो ?
राजनीतिक आग्रह, पूर्वाग्रह नराखी व्यवसायिक टिम बनाउने सोचमा छौं । नेफ्स्कुनमा यस्तो टिम अवश्य बन्छ । भरसक सबै किसिमको प्रतिनिधित्व होस् । सबैले संस्था चलाएको, संस्था बनाएको हुनुप¥यो । अनिमात्र समावेशी हुन्छ । सहकारी बनाएर दुःख गरेका, मेहनत गरेका व्यक्तिको सहभागिता हुन्छ ।
कहिलेसम्म बन्छ त त्यस्तो टिम ?
यो बडो अफ्ठायरो रहेछ । म नेफ्स्कुनमा महासचिव, उपाध्यक्ष भएर सहकारी क्षेत्रमा २४ वर्ष बिताइसकेको छु । यति विश्वास गर्नुस् कि यहाँ संस्था चलाएका, संस्थालाई राम्रा बनाएका व्यक्ति नै नेफ्स्कुनमा आउने छन् । अध्यक्ष एक्लैले संस्था चल्दैन् । टिमले नै संघसंस्था चल्ने हो । अहिले नै सबै पदमा यो मान्छे भन्दा मार्केटमा तरंग उत्पन्न हुन्छ । त्यसकारण पनि भनिरहन हुदैन् । नाम भन्न नसक्नु नै पोलिटिकल बिजनेस हो, त्यो छोटो हुन्छ । हाम्रो मुख्य काम बिजनेस नै हो ।
प्रत्याशीसँग समन्वय गरेर अघि जाने तयारीमा हुनुहुन्छ कि चुनाव लड्ने नै ?
हामी वार्ता गरेर मिलाउन सक्छौं । राजनीतिमा सहमतिका आधारमा काम हुन्छ भने सहकारीमा नहुने केही पनि छैन् । मैले फेरी पनि भनेको छु । सहकारी बनाएकै व्यक्तिले नेतृत्व गर्ने हो । मञ्चमा भाषण गर्दा पनि मैले बचत तथा ऋण, सहकारी भन्ने कुरा थाहा पाउनुपर्दछ । जोखिम, जखेडाकोष, उत्पादनका विविधिकारणका कुरा जान्नुपर्दछ । यसो नजानेमा मान्छे आउँदा उहाँहरुलाई सिक्नमै समय लाग्छ र कुनै काम हुन सक्दैन् । मेरो दुवै हातमा लड्छु छ । म जितेपछि सारा १५ लाख सहकारीकर्मीको भावना समेट्नुपर्दछ । जितिएन आफ्नै बिजनेस गर्न पाइयो, घरबार हेर्न पाइयो, परिणाम जस्तो आएपनि म खुसी छु । तलब भत्ता पाउने भए मारमार गर्न हुन्थ्यो, किन उठिस् त त्यसो भए भन्नुहोला । मलाई अन्त जान ठाउँ छैन् । हामीले दुईकार्यकालभन्दा बढी एउटै पदमा बस्न नपाइने नियम बनाएका छौं । त्यसकारण म अध्यक्षमा उठेको हो ।
तपाइ अध्यक्षमा जितेपछि सिंगो सहकारीलाई के फाइदा पुग्छ, छोटोमा बताइदिनुहोस् न ?
म अध्यक्ष बनेपछि सहकारीमा सुशासन ल्याउन र अनुगमन गर्न  प्रयत्न रहने छ । अनुगमन गर्न सबै केन्द्रिय संघले आफ्ना सदस्यहरुलाई अनुगमन गर्नेछन् । पहिले नेफ्स्कुनले आफ्ना सदस्यलाई अनुगमन शुरु गर्नेछ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न