बचत तथा ऋण सहकारीहरुलाई एकरुपता र एकीकरणमा लैजानेमा जोड


सिमरा, २६ कार्तिक- नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड ९नेफ्स्कून० का सञ्चालक कृष्ण पौडेलले सहकारीहरुको संख्यात्मक वृद्धि र विकृतिहरुलाई न्युनीकरण गर्नका बचत तथा ऋण सहकारीहरुवीच एकरुपता र एकीकरणको प्रक्रियामा अघि बढाउने तयारी भइरहेको बताउनुभयो । आज निजगढस्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्वोधन गर्दै उक्त कुरा बताउनुभएको हो । सबै बचत तथा ऋण सहकारीहरुको नियमन, सुशासन र व्यवस्थापनका लागि नेफ्स्कूनले प्रभावकारी कानूनका लागि बहश पैरवी र सहकारी संघसंस्थाहरुलाई अनुशासनमा ल्याउन नीतिगत र सञ्चालनमा एकरुपता दिने प्रयासलाई अघि बढाई रहेको बताउनुभयो । अहिले एकै ठाउमा धेरै सहकारीहरु हुदा दोहोरो सदस्यता, अस्वस्थ प्रतिस्पर्धा र सञ्चालन लागत बढिरहेको छ । व्यवस्थापकीय ज्ञान नहुदा सञ्चालन जोखिमहरु बढिरहेका छन । यी समस्याहरु हल गर्न सबै सहकारीहरुको सफटवेयर, नीति, नियम र व्याजदरमा एकरुपता दिने पद्धतिको तयारीमा नेफ्स्कून रहेको र यसमा राज्यका सम्वन्धित निकाय पनि सकारात्मक रहेको पौडेलले बताउनुभयो ।

कार्यक्रममा संस्थालाई करीव पन्ध्र वर्ष अटुट नेतृत्व दिनुभएका निवर्तमान अध्यक्ष कृष्ण उपाध्याय, उपाध्यक्ष सुदर्शन कोइराला, सचिव नागेन्द्र साह, सदस्यहरु नारायण शर्मा र चेतराज खरेललाई दोसल्ला ओढाएर सम्मानपत्रसहित नेफ््स्कून सञ्चालक कृष्ण पौडेल र संस्थाका अध्यक्ष भोला गौतमले अभिनन्दन गर्नु भएको थियो । गौतमसहित संस्थाका नवनिर्वाचित सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचित प्रमाणपत्र प्रदान गरिएको थियो ।
पन्ध्रौ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रमका सहभागीहरु, अन्तरमावि हाजिरी जवाफ प्रतियोगिताका उत्कृष्ट र सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा गौरीशंकर क्याम्पसका प्रमुख रामप्रसाद गौतम, लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अम्विका चौलागाई, प्रसुतीगृह अस्पताल व्यवस्थापन समितिका अध्यक्ष किशोर नेपाल, निजगढ उद्योग बाणिज्य संघका उपाध्यक्ष मुकुन्द लामिछानेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पन्ध्रौ वार्षिक साधारणसभाका निर्वाचन समितिका संयोजक कृष्ण पौडेल र सदस्यहरु कुलोत्तम पोखरेल र गोविन्द घोरसाइनेलाई पनि कदरपत्र प्रदान गरिएको थियो ।

पन्ध्र वर्षअघि स्थापना भएको सहकारीमा हाल सात सय सदस्यहरुवीच चार करोडको कारोवार गरिरहेका छन । बारा जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षसमेत रहेको सगरमाथा सहकारी जिल्लाको जेष्ठ र सफल रुपमा क्रियाशिल बचत तथा ऋण सहकारी संस्थाको रुपमा रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?