सहकारीलाई बित्तीय अनुशासन सिकाइने


सिमरा, मंसिर १७ । नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कून) का महासचिव परितोष पौड्यालले सहकारीलाई बित्तीय अनुशासन सिकाइने बताउनुभएको छ । सहकारीमा वित्तीय अनुशसान हराउँदै गएको भन्दै नेफ्स्कुनले बित्तीय अनुसासन सिकाइने बताउनुभयो ।
सहकारी अभियानलाई वित्तिय अनुशासनयुक्त बनाउनका लागि नेफ्स्कून अग्रसर रहेको र अभियासनसमेत चालेको बताउनुभयो महोत्तरीको बर्दिवासमा सहकारी अभिमुखीकरण तथा नेफ्स्कून आवद्धता गोष्ठिमा बोल्दै पौड्यालले सहकारीमा बित्तीय अनुसाशान हराउँदै गएकाले सहकारीमा समस्या बढ्दै गएको बतउानुभयो । बचत तथा ऋण सहकारीहरुमा देखा परेका विकृतिहरुलाई हल गर्न र उपलव्धिहरुलाई संस्थागत गर्नका लागि नेफ्स्कून एकीकृत सञ्चालन प्रणाली मुलुकभर लागु गर्न खोजेको पौड्यालले बताउनुभयो ।

गोष्ठिमा बोल्दै नेफ्स्कूनका सञ्चालक तथा हरिवन फिल्ड कार्यालयका संयोजक कृष्ण पौडेलले वित्तिय सहकारी सञ्चालन जोखिम र चुनौतियुक्त भएकोले यसको व्यवस्थापनमा सहकारीकर्मीहरु गम्भिर हुनुपर्ने बताउनुभयो । पौडेलले सहकारी अभियानलाई गुणात्मक र उत्पादनकेन्द्रीत बनाउन बचत तथा ऋण सहकारीहरुले पूंजी परिचालन गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस्तै नेफ्स्कूनका सञ्चालक दीपक पनेरुले बचत तथा ऋण सहकारीहरुलाई कृषिमैत्री बनाउनुपर्ने त्यसका लागि नेफ्स्कूनले कृषिवित्त पक्षलाई जोड दिएको बताउनुभयो । सहकारीप्रति नागरिकको चेतनास्तर अझै बढन बांकी रहेको बताउदै पनेरुले सहकारी अभियन्ता गम्भिर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सर्लाही बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरे, महोत्तरीका अध्यक्ष कृष्णबहादुर सिंहलगायतले बोल्नुभएको थियो ।

आजै पर्साको वीरगञ्जमा पनि जिल्लास्तरीय अगुवा सहकारीकर्मी भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डितको अध्यक्षतामा सम्पन्न नेफ्स्कूनका महासचिव परितोष पौड्याल, नेफ्स्कूनका सञ्चालकद्वय कृष्ण पौडेल र दीपक पनेरु, राष्ट्रिय सहकारी बैंक वीरगञ्जका प्रमुख युवराज त्रिपाठी, जिल्ला संघका उपाध्यक्ष असगर अली, सचिव पन्नालाल दास, सञ्चालक रामनिवास देहातीलगायतले बोल्नु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक