सहकारीको कारोबार पारदर्शी गर्न आग्रह


उदय बीसी दाङ,मंसिर १७ । डिभिजन सहकारी कार्यालय दाङका प्रमुुख विनोदकुुमार पौडेलले सहकारीलाई आफ्नो कारोबार पारदर्शी बनाउन आग्रह गर्नुभएको छ ।
सिर्जना महिला बचत तथा ऋण सहकारी संस्था तुुलसीपुुर टरिगाउँको नवौं साधारणसभामा बोल्दै पौडेलले सहकारी नीति अनुुसार सहकारी सञ्चालन हुुने र इमान्दारिपूर्वक आफ्नो कारोबारलाई चुस्तदुरुस्त बनाएमा सहकारी कहिल्यै नडुव्ने बताउनुुभयो । साथै उहाँले महिला सहकारीहरु अन्य सहकारी भन्दा इमान्दार भएको उल्लेख गर्दै सफलता पनि हासिल गरेको बताउनुुभयो ।
संस्थाका अध्यक्ष ज्ञानुु केसीको अध्यक्षतामा भएको उद्घाटन कार्याक्रममा बोल्दै कतिपय सहकारीको काम कर्तव्य समेत स्पष्ट नभएको र उनीहरुले विद्यानमा उल्लेख गरेअनुसारको काम समेत नगरेको पौडेलको गुुनासो थियो ।
कार्यक्रममा टरिगाउँ गाविस सचिव शिवराज केसी, विभिन्न राजनीतिक दलहरुका प्रतिनिधिहरुले सहकारी नीति अनुुसार अघि वढ्न सहकारीलाई सुुझाव दिनुुभएको थियो । सो अवसरमा संस्थाका सचिव नीमा केसीले प्रगति र कोषाध्यक्ष रमा आचार्यले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । कतिपय सहकारीको काम कर्तव्य समेत स्पष्ट नभएको र उनीहरुले विद्यानमा उल्लेख गरेअनुसारको काम समेत नगरेको पौडेलको गुुनासो थियो ।
कार्यक्रममा टरिगाउँ गाविस सचिव शिवराज केसी, विभिन्न राजनीतिक दलहरुका प्रतिनिधिहरुले सहकारी नीति अनुुसार अघि वढ्न सहकारीलाई सुुझाव दिनुुभएको थियो । सो अवसरमा संस्थाका सचिव नीमा केसीले प्रगति र कोषाध्यक्ष रमा आचार्यले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न