सहकारी सुधारका लागि स्पष्ट खाका तयार
हेटौडा, मंसिर १७ । नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कून) का क्षेत्रीय भेला हेटौडामा भेला सम्पन्न भएको छ । भेलामा सहकारी सुधारबारे छलफल भइरहेको थियो ।
नेफ्स्कुनका महासचिव परितोष पौड्यालका अनुसार भेलामा स्रोतमा पहुँच र एकरुपता, स्तरीय कार्य सञ्चालन, करारीय एक्ववद्वता, सुशासन एंव स्वनियमन कायम विषयमा छलफल थियो । भेलाले सहकारी सुधारका लागि स्पष्ट खाका तयार पारेको महासचिव पौड्यालले बताउनुभयो ।
भेलामा ५ जिल्ला बचत संघ र १ सय ५० सहकारीका अध्यक्ष उपस्थिति हुनुभएको थियो । क्षेत्रीय भेलापश्चात काठमाडौंमा एकीकृत भेला हुने भएको छ ।