विप्रेषणको कारोबार गर्दै सहकारी


कालीकोट, २४ कार्तिक- कालिकोटमा सञ्चालित सहकारीले विप्रेषणको काम गर्दै आएका छन् । युवा बिदेसिने क्रमसँगै कालीकोटमा विप्रेषणसम्बन्धी निकाय पनि बढ्दै गएको हा्े ।

केही वर्षअघि जिल्लामा एकमात्र हिमचुली कृषि सहकारी संस्थाले बैंक अफ काठमाडौँको विप्रेषणबाट सुरुवात गरेको विप्रेषण कारोबार अहिले जिल्ला सदरमुकाम मान्ममा दुई दर्जन बढीले विप्रेषणको अनुमति पाएका छन् । यसले स्थानीयलाई राहत मिलेको छ । जिल्लाका विभिन्न स्थानमा होटल व्यवसाय गर्नेदेखि लिएर खुद्रा व्यापारीले समेत एक ल्यापटपको भरमा विप्रेषणको कारोबार सुरु गर्न थालेका छन् ।

जिल्लामा गर्ने सङ्ख्या बढे पनि नयाँ विप्रेषणभन्दा पनि रकम पठाउने र पाउनका लागि भने पहिलेदेखि चल्दै आएको हिमचुली कृषि सहकारी संस्थाद्वारा सञ्चालित आइएमई सेन्टरमा मात्र चाप हुने गरेको बताइएको छ ।
कालीकोटमा चार वर्षअघि विदेशबाट पठाएको रकम आफन्तले सुर्खेत गएर ल्याउनुपर्ने अवस्था सिर्जना हुने भए पनि हाल कालीकोटका ग्रामीण बस्तीमा विप्रेषणको कारोबार सुरु हुन थालेपछि स्थानीय खुसी भएका छन् ।
कालीकोटमा आइएमई, हुलास, हिमाल, प्रभु, सिजी, लक्ष्मी, सिटिजन, नविल, वेष्ट, रिलेवल, वेस्ट्रन युनियन लगायतका विप्रेषण सम्बन्धी संस्था स्थापना भएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न