सहयात्रीमा नयाँ नेतृत्व


काठमाडौंं,२४ कार्तिक- सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औं साधारण सभा तथा ७औं अधिवेशन हालै सम्पन्न भएकोछ। कार्यत्रममा बोल्ने वक्ताहरुले सहकारीले आर्थिक रुपान्तरणमा सघाउ पुर्याउने बताएका थिए।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ केन्द्रीय संचालक शान्ति अधिकारीले सहकारीले देशको आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो। कार्यक्रममा संस्थाका अध्यक्ष तारापति त्रिपाठीले सदस्यलाई आर्थिक क्रियाकलापमा लाग्न अनुरोध गर्नुभयो।

अधिवेशनले तारापति त्रिपाठीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। उपाध्यक्ष लक्षुमण ओझा, सचिव लुमराज आचार्य, कोषाध्यक्ष हरिमाया सापकोटा, सदस्य जीवनाथ कंडेल, सदस्य भवानी वर्तौला सदस्य हर्कबहादुर सार्की रहनुभएको छ। त्यस्तै लेखा तथा सु–परीवेक्षण समितिको संयोजक राजेन्द्र पौडेल, सदस्य भिमप्रसाद सापकोटा, सदस्य मोतिलाल ढुङ्गाना हुनुहुन्छ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने