एउटा सहकारी यात्रा स्मरण


-सरिता भट्टराई तिमिल्सिना

आज भन्दा ५ वर्ष अगाडि सिन्धुपाल्चोकको सिन्धुकोट गा।वि।स मा सेयर एण्ड केयरले विभिन्न महिला समुह वनाई महिला शसक्तिकरण का साथै बचत गर्न सिक्नु पर्छ भन्ने मान्यताले महिनाको रु १० जम्मा गरि त्यहि जम्मा भएको रकमलाई करिव महिनामा रु २०० देखि ५०० सम्म लगानी गर्न सिकाएको अवस्था थियो । सेयर एण्ड केयर नेपालले, त्यहां एन।जि।ओ को रुपमा कार्य गरि रहको थियो। उसको त्यस क्षेत्रको कार्यक्रम सकिए पछि त्यहांका दिदी वहिनीहरुमा निरासा छायो । अव हामीले बचत गरेको रकम कसरि कर्जा लगानी गर्ने अथवा हामीलाई कुन संस्थाले सहयोग गर्छ भन्नेमा चिन्तित हुनुहून्छ । त्यस्तो खवर मलाई सहकारीकर्मी माधव दुलालले सुनाउनु भयो । म सहकारीको विद्यार्थि भएको नाताले मैले त्यहा वाट केहि सिक्न पाउंछु भन्ने लाग्यो । म भर्खर महिला अभियान साकोस को प्रतिनिधित्व गर्दै सहकारी बैंकको संचालकमा निर्वाचित भएको थिए । यस्तो सुनेर मैले अव दिदी वहिनीहरुलाई विचल्ली पार्नु हुंदैन संगठित भएकालाइ सहकारीमा रुपान्तरण गर्नु पर्छ र सहकारी मार्फत त्यहाका दिदी वहिनीहरुलाई आत्म निर्भर वनाउनु पर्छ भन्ने अठोट गरें । सोहि अनुरुप त्यहाका कर्मचारी भिम सुनार संग सम्पर्क गरि सिन्धुकोट गा।वि।स मा ४ दिन सम्म वसेर त्यहा रहेका महिला दिदी वहिनीहरुलाइ पूर्व सहकारी शिक्षा दिइ सहकारी संस्थाको आवश्यकता , दर्ता गर्ने तरिका , विनियम तयार गर्न र प्रारम्भिक भेला समेत गराएर आएं । आत्मसन्तुष्टी मिलेको छ आज दिदी वहिनीहरुको आग्रह र मेरो पनि इच्छा अनुसार ५ वर्ष पछाडि त्यह् िसंस्थाको पांचौ वार्षिक साधारण सभामा प्रमुख अतिथीको रुपमा गएर वहांहरुले गरेको काम र वहांहरुलाई प्रत्यक्ष रुपमा भेट्न पाउंदा ।

काठमाडौ बाट करिव ४५ कि।मी टाडा यो गा।वि।स जान निकै असजिलो थियो । म संग हाम्रो संस्था महिला अभियान साकोसका संचालक इन्दिरा चौंलागाइ पनि हुनुहुन्थ्यो । हामी काउले सम्म गाडीमा गयौं खोला ठुलो भएकोले रामगोपाल भाइ र गाडि त्यहिं छोडी हामी खोला तर्न थाल्यौं हिंड्दै पिपले सम्म गयौं । पछि मोटर साइकल लिइ एक जना शिक्षक हामीलाई लिन आउनु भयो । एक जना हिंडदै एक जना वाइकमा भदौरे सम्म गयौं फेरि मलाइ भदौरे छोडि इन्दिरा जि लाई लिन जानु भयो म भदौरे वाट हिंडदै अगाडि वढे , वाटो धेरै अफ्ठायारो । अफ्ठ्यारो लाई सजिलो मान्दै अगाडि वढ्यौ किनकी हामी सहकारीको कार्यक्रममा जांदै थियौं त्यस्तो अफ्ठयारो ठाउंमा त्यसमा पनि महिला दिदी वहिनहरुले संचालन गरेको सहकारी । नया अनुभव लिंदै उत्साहित हुंदै त्यहा पुग्यौं । ५ वर्ष पहिले र अहिलेमा वाटोघाटो मा खासै फरक पाइन मैले । तर दिदी वहिनीहरुमा नेतृत्व विकासमा धेरै अन्तर भएको रहेछ पहिले र अहिलेमा आत्मविश्वास वढेको सुनाउनु भयो उहांहरुले । कार्यक्रममा त्यहांका विभिन्न राजनैतिक दलका प्रतिनिधी , विद्यालयका शिक्षक , गा।वि। सचिव तथा विभिन्न कार्यलयका प्रतिनिधीहरुले सिन्धुकोट महिला बचत तथा ऋण सहकारी संस्था ले गरेको कार्यलाई खुलेर वयान गरेको सुन्दा खुसी लाग्यो । ५०० रुपैया लगानी गर्ने समुहले अहिले महिनाको २५ रुपैया मासिक बचत गरि करिव १२ लाखको कारोवार गर्नु भनेको धेरै राम्रो हो । सहकारी भनेको यस्तो हो , वास्तवमा सहकारीको सहि सदुपयोग गाउंमा छ त्यसमा पनि महिलाहरुले संचालन गरेका संस्थाको छुट्टै महत्व छ । वहांहरुलाई शिक्षा तालिममा सहभागी गराएर अझै व्यवसायिक वनाउनु पर्ने , उत्पादन क्षेत्र र कृषि क्षेत्रमा काम गर्न उत्प्रेरित गराउनु पर्ने देखियो । सहकारी मार्फत वंहाहरुलाई सक्षम र सवल वनाउन पर्ने र त्यहाको उत्पादनलाइ सम्बन्धित निकायले व्यवस्थित वजारिकरण गर्न सके गांउको उत्पादन शहरमा र शहरको पैसा गाउमा सहजरुपमा पुग्न सक्ने थियो जसले गर्दा त्यस क्षेत्रको सहजै विकाश हुन सक्ने महसुस गरेर आए ।

त्यसवेलाको पूर्व सहकारी शिक्षामा अलि अगाडि बढ्ने दिदीबहिनीहरुले नै अहिले नेतृत्व लिनुभएको रहेछ । अध्यक्ष सविना खतिवडा , कोषाध्यक्ष अम्विका वहिनी , विमला वहिनीहरुले अहिले पनि हामी अझै केहि गर्न चाहन्छौ भन्ने भावना लिएर अगाडि वढ्नु भएको देखे । वहांहरुको अगुवाईले निरन्तरता पावोस इच्छा शक्ती वलियो होस त्यहाका सवै दिदी वहिनीहरुलाई समेट्न सक्नुहोस । धन्यवाद माधव दुलाल जि र राजेन्द्र पौडेल लाई मलाइ त्यहा जान उत्साहित गरेकोमा , धन्यवाद सेयर एण्ड केयरका भिम जी , सुसीला र मन्दिरा वहिनी जसले मलाइ त्यहाका दिदी वहिनीहरु संग छलफल गर्न सहजिकरण गरयो । धन्यवाद छ , महिला अभियान साकोस लाई राष्ट्रिय सहकारि बैंक लाई साथै हामीलाई त्यहांसम्म पुग्न सहयोग गर्ने सवैलाई । सिन्धुकोट महिला साकोस जती सफल हुन्छ म लगायत सहकारी आन्दोलन लाई त्यति नै सन्तुष्टी मिल्छ । सुभकामना छ सिन्धुकोट महिला साकोस परिवार लाई ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

“संकट अघि र पछिको सहकारी भुमिका”
संमृद्ध समाज निर्माणमा सहकारी अभियान प्रवीण सापकोटा
सहकारीलाई बाँध्‍न स्वनियमन
सहकारीका उपलब्धी र चुनौती