सहकारीमैत्री संविधान निर्माणमा जोड


सिमरा,२२ कार्तिक- सहकारीमैत्री संविधान निर्माणमा जोड मकवानपुरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको नवौं वार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले सहकारीमैत्री संविधान निर्माण हुन सके सहकारीमार्फत छिट्टै आर्थिक विकास हुने बताए । कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी संघका सञ्चालक बद्री लम्सालले सहकारी क्षेत्रका उपलब्धिहरुलाई संस्थागत गर्दै भावी सम्भावनाहरुलाई समृद्विमा रुपान्तरित गर्न सहकारीमैत्री संविधान निर्माण आवश्यक भएको बताउनुभयो ।

सबै सहकारीहरुले सुशासनका नियमहरु पालना गरी विकृतिहरुलाई हल गर्न ध्यान दिनुपर्ने उनको भनाई थियो । साधारणसभामा बोल्दै केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण देवकोटाले बचत तथा ऋण सहकारीको पूंजीलाई उत्पादनमा विशेषगरी कृषि तथा पशुपालनको क्षेत्रमा परिचालन गर्न ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल बचत तथा ऋण्ँ केन्द्रीय सहकारी संघ ९नेफ्स्कून० का सञ्चालक कृष्ण पौडेलले बचत तथा ऋण्ँ सहकारीहरुको सुशासन र गुणँत्मक विकासका लागि सहकारीहरुवीच एकीकरण र एकीकृत प्रणँलीमा जानु आवश्यक भएको बताउतुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न