‘आँखा बैंक’मा ६ सय ‘क्रोनिया’ संकलन


काठमाडौं- आँखालाई आकर्षक र सुन्दर देखाउन आजभोलि मानिस विभिन्न रङ्गका लेन्सको प्रयोग गर्न थालेका छन् ।

चिकित्सकको सल्लाह र प्रत्यक्ष निगरानीबिना जथाभावी रुपमा लगाइने लेन्सले आँखाको ज्योति नै गुम्ने खतरा रहेको वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत बताउँछन् । राजधानी आयोजित कार्यक्रममा बोल्दै डा रुइतले आजभोलि लेन्सको प्रयोग गर्नेक्रम बढेको र चस्मा लगाउनै नपर्ने आँखामा समेत सुन्दरताका लागिमात्र लेन्स लगाउने गरेको बताए ।

भारतीय राजदूतावास र बीपी कोइराला नेपाल भारत प्रतिष्ठानले आयोजना गरेको ‘भ्वाइसेस’ कार्यक्रममा बोल्दै डा रुइतले जीवनमा सिर्जनशीलता, लगनशीतला, विश्वास र सकारात्मक सोचले ठूलो सफलता मिल्ने समेत बताए ।
उनले सहभागीहरूको जिज्ञासामा बोल्दै विभिन्न रङ्गका लेन्सको निरन्तर प्रयोगले आँखामा इन्फेक्सन हुने, रातो हुने, चिलाउने र पछि आँखामा गम्भीर समस्या हुने भएकाले लेन्सको निरन्तर प्रयोग नगर्नसमेत सल्लाह दिए ।
तिलगङ्गा आँखा केन्द्रले गर्दै आइरहेको कार्यबारे जानकारी दिँदै डा रुइतले केन्द्रले नेपालका ७ जिल्लामा आँखा जाँच र उपचार सेवा पुर्याएको बताए ।

केन्द्रमा रहेको ‘आँखा बैंक’मा हालसम्म ६ सय भन्दा बढी ‘क्रोनिया’ सङ्कलन भइसकेको उनले जानकारी दिए । नेपालमा मानिसको मृत्यु भएको आठ घन्टाभित्र आँखाको क्रोनिया निकालेर अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ ।
भिन्न सांस्कृतिक तथा धार्मिक संस्कार भएका व्यक्तिलाई आँखा दानका लागि पे्ररित गर्न निकै सकस भएको बताउँदै उनले यसका लागि केन्द्रले विभिन्न अस्पतालमा परामर्शदाता, घाटे वैद्य, चिकित्सकसँग सहकार्य गरेको उल्लेख गरे ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर
लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा
नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग
बिक्री नभएको तरकारी सडकमै फाले किसानले