राष्ट्रिय सहकारी बैंकको मंसिर २९ गते विराटनगरमा साधारण सभा


काठमाडौं, कात्तिक २७ – राष्ट्रिय सहकारी बैंक लिमिटेडले १३ प्रतिसत लाभांस दिने भएको छ। बैंक सञ्चालक समितिको बैठकले सेयर सदस्यलाई १३ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको हो। बैंकका लगानीकर्ता सहकारी सस्थाहरु हुन्। बैंकको साधारण सभाले प्रस्ताव पारित गरेपछि सदस्यहरुले यो लाभांस पाउने छन्। मंसिर २९ गते विराटनगरमा बैंकको ११औं साधारण सभा गर्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ।

सोमबार सम्पन्न वैक सञ्चालक समिति र लेखा समितिको संयुक्त वैठकले बैंकको साधारणसभा विराटनगरमा गर्ने निर्णय गरेको बैंकले जनाएको छ।बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षतामा बसेको वैठकले साधारणसभामा सञ्चालक समितिका तर्फबाट प्रस्तुत हुने अध्यक्षको प्रतिवेदन, प्रवन्ध सञ्चालकको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन र लेखा परिक्षण प्रतिवेदन अनुमोदन गरेको छ।

बैंकमा हालसम्म सात हजार एक सय सहकारी सदस्य रहेका छन्। बैंकको ६४ करोड चुक्ता पूँजी छ। हालसम्म बैंकमा आठ अर्व निक्षेप संकलन भएको छ भने चार अर्ब रुपैयाँ लगानी रहेको छ। ३३ वटा शाखा कार्यालय र केन्द्रिय कार्यालयमार्फत सहकारी संघ संस्थाहरुलाई वित्तिय सेवा दिदै आएको छ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न