कृषि सचिव नेतृत्वको टोलीद्धारा उपआयोजनाहरुको अनुगमन


काठमाडौं, २८ कार्तिक- कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालसहितको उच्चस्तरीय टोलीले मध्य तथा सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको भ्रमण गरी उक्त क्षेत्रमा व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को पूरक अनुदानमा सञ्चालित विभिन्न उपआयोजनाहरुको अनुगमन निरीक्षण गरेको छ । टोलीमा सचिव खनालसहित मन्त्रालयको योजना महाशाखाका प्रमूख रामप्रसाद पूलामी,प्रशासन महाशाखाका प्रमूख मधुसुदन बुर्लाकोटी, प्याक्टका आयोजना निर्देशक योगेन्द्रकुमार कार्की, मध्यमाञ्चल क्षेत्रीय कृषि विकास निर्देशनालयका निर्देशक टेकबहादुर बम, आयोजनाका वरिष्ठ योजना अधिकृत गणेशकुमार श्रेष्ठ, आयोजना कार्यान्वयन सहयोग समूहको कार्यालयका प्रमुखहरु वेदप्रसाद चौंलागाई तथा डा. नरहरी प्रसाद घिमिरे, सम्बन्धित क्षेत्रका जिल्ला कृषि विकास कार्यालय तथा जिल्ला पशुसेवा कार्यालयका प्रमूखहरु तथा सन्बन्धित जिल्लाका प्रमूख जिल्ला अधिकारीहरुको सहभागिता थियो ।

टोलीले बाँके जिल्लाको नेपालगञ्जस्थित माहा तरकारी उत्पादक सहकारी संस्थाले सञ्चालनमा ल्याएको व्यवसायिक तरकारी उत्पादन तथा बजारीकरण उपआयोजनाको निरीक्षण ग¥यो । उक्त क्रममा सचिव खनालले सहकारीले व्यवसायिक कृषि तथा व्यापार आयोजनाको सहयोगमा सहकारीले निर्माण गरेको तरकारी संकलन केन्द्रको उद्घाटन गर्नुभयो । त्यस्तै टोलीले कैलाली जिल्लाको मुसुरियास्थित प्रगतीशिल मौरीपालन सहकारी संस्था लिमिटेड, कञ्चनपुरको महेन्द्रनगरस्थित पाठक डेरी उद्योग, शुक्लाफाँंटा पोल्ट्री तथा कञ्चनपुरकै चाँदनी दोधारास्थित सिर्जना बचत तथा ऋण सहकारी संस्थाले आयोजनाको सहयोगमा सञ्चालन गरेका उपआयोजनाहरुको निरीक्षण गरेको थियो । टोलीले ती उपआयोजनाहरुले आयोजनाको अनुदानमा निर्माण गरेका संकलन केन्द्रहरुको पनि उद्घाटन गरेको थियो ।

मध्यमाञ्चलमा आयोजना प्रस्ताव लेखनसम्बन्धी तालिम
आयोजनाले कात्तिक २६ र २७ गते काठमाडौंमा मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गतका १९ जिल्लाका जिल्ला कृषि विकास कार्यालय तथा जिल्ला पशुसेवा कार्यालयहरुका सम्पर्क व्यक्ति (फोकल पर्सन) हरुका लागि आयोजना प्रस्ताव लेखनसम्बन्धी दुईदिने प्रशिक्षक प्रशिक्षण आयोजना गरेको छ । यस प्रशिक्षणका सहभागीहरुले आआफ्नो जिल्लामा गई अन्य तालिम आयोजना गरी इच्छुक किसानहरुलाई आयोजना प्रस्ताव लेखनसम्बन्धी तालिम प्रदान गर्ने आयोजनाले विश्वास व्यक्त गरेको छ । तालिम आयोजना कार्यान्वयन सहयोग समुहको कार्यालय हरिहरभवनले आयोजना गरेको हो ।

पश्चिमाञ्चलमा आयोजना व्यवस्थापन तालिम
आयोजनाले पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत हालै कार्यान्वयनमा आएका उपआयोजनाका व्यवस्थापकहरुलाई आयोजना व्यवस्थापन तालिम प्रदान गरेको छ । तालिममा आयोजना व्यवस्थापन, लेखा व्यवस्थापन, सामाजिक तथा वातावरणीय सुरक्षा आदि विषयमा सम्बन्धित विषयका विज्ञहरुले तालिम सत्र सञ्चालन गरेका थिए । तालिम आयोजना कार्यान्वयन सहयोग समूहको कार्यालयले पोखरामा आयोजना गरेको हो । तालिम पहाडी जिल्लाका उपआयोजनाहरुका लागि सञ्चालन गरिएको हो । उक्त विकास क्षेत्र अन्तर्गतका तराइका जिल्लाहरुमा सञ्चालित उपआयोजनाका व्यवस्थापकहरुका लागि कात्तिक २८ र २९ गते भैरहवामा तालिम आयोजना हुँंदैछ ।
व्यवसायिक कृषि तथा व्यापार आयोजना, नेपाल सरकारले विश्वबैंकको सहयोगमा सन् २००९ देखि ६ वर्षका लागि कार्यान्वयनमा ल्याएको हो । सुरुमा पूर्वाञ्चलबाहेक ४ विकास क्षेत्रका तराइका १५ र पहाडका १० गरी २५ जिल्लामा लागु गरिएको आयोजना सन् २०१२ मा विश्व बैंकले मध्यावधि मुल्यांकनमार्फत सहयोग रकम थप गर्ने निर्णय गरेपछि आयोजनाको कार्यक्षेत्र विस्तार गरी देशभर लागु गरिएको हो । त्यसैगरी आयोजनाको अवधि पनि बढाइ सन् २०१८ सम्म पु¥याइएको छ । आयोजनाले १० हजार अमेरिकी डलरदेखि एक लाख अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ पूरक अनुदान सेवाग्राहीलाई उपलब्ध गराई कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

आयोजनाले राष्ट्रिय आयोजना निर्देशन समितिले तोकेका कृषि उपजहरुको मुल्यशृंखलामा आवद्ध कृषक समूह, कृषि सहकारी तथा कृषि उद्यमीको प्रतिष्पर्धात्मक क्षमता वृद्धि गर्ने लक्ष्य राखेको छ । १० हजार डलर बराबरको पूरक अनुदान सहयोग लघु अनुदानमा र बाँंकी दुई किसिमका अनुदान साना तथा मझौला अनुदानमा वर्गीकृत गरिएको छ ।

maha_pact_2harekpal maha_pact_harekpal


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने